Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेकपा एमालेको दशौ महाधिवेशन चितवनमा हुने सम्भावना, भोलीको स्थायी कमिटि बैठकले टुंगो लगाउने

नेकपा एमालेको दशौ महाधिवेशन चितवनमा हुने सम्भावना, भोलीको स्थायी कमिटि बैठकले टुंगो लगाउने

images

इच्छाकामना न्युज

३, कार्तिक २०७८
नेकपा एमालेको दशौ महाधिवेशन चितवनमा हुने सम्भावना, भोलीको स्थायी कमिटि बैठकले टुंगो लगाउने
images

चितवन, ३ कात्तिक । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०, ११, १२ गते चितवनमा हुने सम्भावना देखिएको छ  ।

महाधिवेशनको स्थान कहाँ भन्ने अझै औपचारिक निर्णय नभए पनि सबैभन्दा धेरै सम्भावित ठाउँमा चितवन पर्न गएको नेताहरुले बताएका छन् । देशकै केन्द्र भागमा रहेकोले पनि चितवन सबैभन्दा सहज ठाउँ हुने सक्ने भन्दै पार्टीमा छलफल भइरहेको छ ।

एमालेले बिहीबार महाधिवेशनको स्थानको तय गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक कार्यक्रममा महाधिवेशनको स्थान बिहीबार तय हुने जानकारी दिए । ओलीले विधान महाधिवेशनमा राष्ट्रिय महाधिवेशन अन्यथा नभए बुटवलमा हुने बताएका थिए । बिहीबारको कार्यक्रममा उनले आफूले त्यतिबेला बुटवलबाट माग आइसकेको जानकारी मात्रै गराएको बताए ।  उनले बुटवलमा महाधिवेशन नहुने संकेत पनि गरेका छन् ।

एमाले सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार महाधिवेशन चितवनमा हुने सम्भावना छ । तर, भोलि बस्ने स्थायी कमिटीले स्थानबारे टुंगो लगाउने उनले बताए । ‘महाधिवेशन चितवनमा हुन सक्ने सम्भावना छ । भोलिको बैठकले स्थान टुंग्याउँछ’, उनले भने । त्यस्तै एमालेले वडा अधिवेशन कात्तिक ६ र पालिका अधिवेशन ९ गते गर्दैछ । लगातार आएको वर्षाका कारण बाढीले क्षति पुगेर हुन अधिवेशन हुन नसक्ने ठाउँका विषयमा भने छलफल हुने उनले बताए ।

images
प्रकाशित मिति :कार्तिक ३, २०७८ बुधवार - २०:४५:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology