चितवन, ३ असोज । गुरुङहरुको धार्मिक सामाजिक संस्थाको रुपमा परिचित तमू प्ये ल्हु संघ चितवनको अध्यक्षमा लालप्रसाद गुरुङ निर्वाचित भएको छ। संघको १८ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनबाट अध्यक्षमा लालप्रसाद गुरुङलाई निर्वाचित भएको हो।

संघको अन्य पदाधिकारीहरु मध्य वरिष्ठ उपाध्यक्षमा शान्ति गुरुङ, उपाध्यक्षमा मिन बहादुर गुरुङ, सचिवमा नारायण बहादुर गुरुङ, कोषाध्यक्षमा पेज बहादुर गुरुङ, सह–सचिवमा कृष्ण गुरुङ, सह–कोषाध्यक्ष खुशीमान गुरुङ, सदस्यहरुमा बखानसिं गुरुङ, प्रेम कुमारी गुरुङ, पूर्णीमा गुरुङ, गोविनद गुरुङ, र धन बहादुर गुरुङ निर्वाचित भएका छन्।
निर्वाचित हुने पदाधिकारीहरुलाई आज भरपुरमा एक कार्यक्रमको आयोजना गरि शपथ ग्रहण गराईएको निर्वाचन मण्डलका संयोजक अधिवक्ता खड्क बहादुर गुरुङले जानकारी दिए।