Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

धादिङ बेनिघाट रोराङमा निर्माणधिन हुवासिन सिमेन्ट उद्योगलाई आवश्यक विद्युत् सप्लाईको लागि ‘स्वीचिङ स्टेसन’ तयार

धादिङ बेनिघाट रोराङमा निर्माणधिन हुवासिन सिमेन्ट उद्योगलाई आवश्यक विद्युत् सप्लाईको लागि ‘स्वीचिङ स्टेसन’ तयार

इच्छाकामना न्युज

३१, आश्विन २०७८
धादिङ बेनिघाट रोराङमा निर्माणधिन हुवासिन सिमेन्ट उद्योगलाई आवश्यक विद्युत् सप्लाईको लागि ‘स्वीचिङ स्टेसन’ तयार

धादिङ, ३१ असोज । धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत् आपूर्ति गर्ने स्वीचिङ स्टेसन सञ्चालनमा आएको छ । मर्स्याङदी –स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण गरिएको स्वीचिङ स्टेसनलाई शुक्रबार चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।

images

तनहुँस्थिति तल्लो मर्स्याङदी विद्युत गृहबाट आएको प्रसारण लाइन स्वीचिङ स्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । प्रसारण लाइनलाई स्वीचिङ स्टेसनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत् आपूर्ति दिइने छ । हुवासिन सिमेन्टले २० मेगावाट विद्युत् लिने जनाइएको छ ।

चिनियाँ लगानीको यो उद्योग नेपालको होङ्सी पछि दोस्रो ठूलो सिमेन्ट उद्योग हो। १६ अर्ब लागतको धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट तिहार लगत्तै सञ्चालनमा ल्याइने योजना रहेपनि स्वीचिङ स्टेसन संचालन नहुँदा अन्योल थियो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दशैंको बेलामा विद्युतको माग कम हुने मौका पारेर स्वीचिङ स्टेसनलाई चार्ज गर्न अनुमति दिइएको बताए ।

‘अन्य समयमा मर्स्याङदी–स्यूचाटार १३२ केभी ट्रक लाइन बन्द गर्ने सक्ने अवस्था नै थिएन, त्यसैले दशैंको वेलामा मिलाएर चार्ज गर्न दियौं र टीकाको दिन स्वीचिङ स्टेसन चार्ज भयो,’ कार्यकारी निर्देशक घिसिङले भने । ‘अब हुवासिन सिमेन्टले चाहेको दिन १३२ केभी लाइनबाट विद्युत् जडान गर्न सक्ने छ ।’

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माणाधीन हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्वीचिङ स्टेसन निर्माण गर्न गत वर्ष शुरु गरेको थियो । कम्पनीले स्वीचिङ स्टेसनबाट कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाइन र कारखाना परिसरभित्र १३२-१० केभीको सबस्टेसन निर्माण गरेको छ । प्राधिकरणले स्वीचिङ स्टेसन निर्माणको सुपरीवेक्षण गरेको थियो ।

कार्यकारी निर्देशक घिसिङका अनुसार, स्वीचिङ स्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ३३ र ११ केभीका लाइन निकालिने छन् । ‘स्वीचिङ स्टेसनको निर्माणपछि गल्छी, नौबिसे क्षेत्रमा खुल्न लागिरहेका उद्योगहरुलाई विद्युत् उपलब्ध गराउन पूर्वाधार तयार भएको छ, साथै त्यहाँबाट स्थानीय रूपमा विद्युत् आपूर्ति गरिने छ’, उनले भने, ‘यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति समेत विश्वसनीय हुने छ ।’

images
प्रकाशित मिति :आश्विन ३१, २०७८ आइतवार - १९:५७:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology