गोरखा, २४ असोज । गोरखाको भिमसेन थापा गाउँपालिका ४ का प्रेम तामाङ पक्राउ परेका छन् । फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्ने अभियानमा रहेको गोरखा प्रहरीले उनलाई कुटपिट अंगभंग मुद्धामा पक्राउ गरेको हो । उनलाई दुई वर्ष जेल र एक लाख जरिवाना तोकिएको थियो ।
फरार रहेका २८ वर्षिय तामाङलाई इलाका प्रहरी कार्यालय आरुघाटले पक्राउ गरेको हो । उनलाई कैद र जरिवाना असुलका लागि जिल्ला अदालत पठाइएको डिएसपी प्रकाश दाहालले बताए ।