Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

बडा दशैंको लागि नव इन्द्रेणी युवा क्लवले हाल्यो गोरखा बुङकोटमा पिङ

बडा दशैंको लागि नव इन्द्रेणी युवा क्लवले हाल्यो गोरखा बुङकोटमा पिङ

images

इच्छाकामना न्युज

२४, आश्विन २०७८
बडा दशैंको लागि नव इन्द्रेणी युवा क्लवले हाल्यो गोरखा बुङकोटमा पिङ
images

बुंकोट, २४ असोज । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ८ बुङकोटमा युवाहरुले पिङ हालेका छन् । नव इन्द्रेणी बुङकोट युवा क्लवको सक्रियतामा दशैँको लागि आईतवार पिङ हालिएको क्लवका सचिव रुपक श्रेष्ठले बताए ।


हरेक वर्ष क्लवले रोहोँटे, जाँते पिङ हाल्ने गरेको छ । ‘दशैँको रौनक मध्ये एक पिङ हो’ नव इन्द्रेणी युवा क्लवका अध्यक्ष राजेश श्रेष्ठले भने ‘युवाहरुले आफ्नो संस्कृती, परम्परा लोप हुन नदिन अग्रसरतामा पिङ हालेका हौँ ।’


अहिले गोरखाको ग्रामिण भेगमा लिङ्गे पिङ, जाँते पिङ, पिर्के पिङ हाल्ने गरेको पाईन्छ । तर हरेक वर्ष पिङको संख्या भने घट्दो देखिन्छ । पहिलो पहिलो बाबियो बाटेर लठ्ठा बनाउने र बाँसको लिङ्गा गाडेर पिङ हाल्ने गरिन्थ्यो ।

अहिले धेरैजसो डोरीको लठ्ठाको पिङ देखिन्छ । विगत दशैँ आउनुअघि नै कोहि डोरी त कोहि बाँस तथा काठको जोहो गर्न थाल्थे अहिले विभिन्न जिल्लामा रङ्गटे र लिङ्गे पिङ्गको रौनक चलि आएको छ ।

दशैँका बेला गाउँका चौतारी, दोबाटो र डाँडामा जम्मा भएर सामूहिक लिङ्गे पिङ्ग र रङ्गटे पिङ्ग खेल्ने र रमाइलो गर्ने परम्परा चलिआएको छ ।

images
प्रकाशित मिति :आश्विन २४, २०७८ आइतवार - १९:५५:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology