Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

चोभारडाँडास्थित आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

चोभारडाँडास्थित आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

images

इच्छाकामना न्युज

१०, कार्तिक २०८३
चोभारडाँडास्थित आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु
images

काठमाडौँ। काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने उक्त मेलामा काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट ठूलो सङ्ख्यामा भक्तजनको सहभागिता छ । मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुन्छ । लिच्छवीकालीन उक्त मन्दिर ऐतिहासिक र पुरातात्विक महत्वको सम्पदाका रुपमा स्थापित छ ।

शिव र पार्वतीको संयुक्त आकार प्रतिविम्बित मूर्ति राखिएको त्यस मन्दिरमा हिन्दू र बौद्ध धर्मका अनुयायीले साझा मन्दिरका रुपमा आस्था प्रकट गर्दै आएका छन् । त्यस मन्दिरलाई अर्धनारेश्वर र आदिनाथ दुवै भन्ने प्रचलन छ । त्यस मेलामा सहभागी भएमा छालासम्बन्धी रोग नलाग्ने किंवदन्ती छ भने मन्दिरको दर्शन गरेमा भय, रोग र बिघ्नबाट मुक्त भई पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

मन्दिरमा बौद्ध धर्मावलम्बीले करुणाका प्रतीकका रुपमा लोकेश्वरको पूजाआजा गर्ने प्रचलन छ । लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने र धनसम्पत्ति प्राप्त हुने विश्वासका साथ मन्दिरमा पूजाअर्चना गरिन्छ । हिन्दू धर्मावलम्बीले शिव शक्तिका रुपमा आदिनाथलाई पूजन गर्ने चलन छ ।

काठमाडौँ उपत्यकाको मनोरम दृश्य देखिने उक्त मन्दिरबाट नजिकै मञ्जुश्री पार्क, जलविनायक मन्दिर, टौदहजस्ता धार्मिक महत्व बोकेका तीर्थस्थल छन् । काठमाडौँ उपत्यका दहका रुपमा रहेकामा मञ्जुश्रीले खड्ग प्रहार गरी पानीलाई निकास दिएको चोभार गल्छी पनि यसै स्थानमा छ ।

images
प्रकाशित मिति :कार्तिक १०, २०८३ सोमवार - ११:१०:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology