Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कमलामाई मिडिया प्रालिका अध्यक्ष पत्रकार पहाडी सम्मानीत

कमलामाई मिडिया प्रालिका अध्यक्ष पत्रकार पहाडी सम्मानीत

images

इच्छाकामना न्युज

२४, आश्विन २०७८
कमलामाई मिडिया प्रालिका अध्यक्ष पत्रकार पहाडी सम्मानीत
images

सर्लाही, २४ असोज । कमलामाई मिडिया प्रालिका अध्यक्ष सम्मानित भएका छन् । सर्लाहीको बरहथवा नगरपालिकाले कमलामाई मिडिया प्रालिका अध्यक्ष तथा पत्रकार शंखर पहाडी९ गौरब०लाई सम्मान गरेको हो ।  शनिवार भएको एक कार्यक्रममा सत्य,निश्पक्ष र साहसी पत्रकारीता गरेको भन्दै पत्रकार पहाडीलाई नगर प्रमुख देवानन्द महतोले खादा ओढाउनुका साथै मायाको चिनु प्रदान गरि सम्मान गर्नु भएको हो । 

भ्रष्टाचार, अन्याय,अत्याचार,घुसपेठ र कालो बजारीमाथी निडर भएर कमल चलाउने पत्रकार पहाडी राष्ट्रिय समाचार समिति (रासस) र सगरमाथा टेलिभिजनका लागि सर्लाहीबाट रिपोर्टिङ गर्छन् । उनि कमलामाई मिडिया प्रालिका अध्यक्ष,सञ्चालक तथा प्रवन्ध निर्देशक तथा कमला टाईम्स दैनिक पत्रिकाका प्रधान सम्पादक पनि हुन । करिब डेढ दशकदेखि व्यावसायीक  पत्रकारीतामा निरन्तर रहेका पहाडी निश्पक्षता,सत्यतामा लागि निरन्तर लागि रहेका छन् ।

त्यस्तै गरि पत्रकारले समाचार लेखिसकेपछि समाचार मार्नु हुन्न त्यसकारण बरु वास्तविकता नआउदा सम्म समाचार नलेख्ने र लेखेपछि माफि नमाग्ने उनको अडान निरन्तर रहेको छ । सकेसम्म कसैको पनि कुभलो नचिताउने पत्रकार पहाडी विरोधिहरुका विरुद्ध शत्ती साल हुन । कुनै पनि राजनीति दलसंग सदस्यताको नाता नराखेका तर सम्बन्ध सुमधुर रहेका पहाडी सिन्धुलीबासी हुन ।  उनी विगत करिब १० वर्ष प्रदेश २ कै जिल्लाहरबाट पतकारीता गरि रहेका छन् ।

images
प्रकाशित मिति :आश्विन २४, २०७८ आइतवार - १९:५०:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology