Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सबै चाडपर्व साझा रुपमा मनाउनुपर्छः अध्यक्ष गुरुङ

सबै चाडपर्व साझा रुपमा मनाउनुपर्छः अध्यक्ष गुरुङ

images

इच्छाकामना न्युज

२४, आश्विन २०७८
सबै चाडपर्व साझा रुपमा मनाउनुपर्छः अध्यक्ष गुरुङ
images

गोरखा, २४ अशोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष नरबहादुर गुरुङले नेपालको सबै चाडपर्व नेपाली जनताले साझा रुपमा मनाउनुपर्ने बताएका छन् । बडा दशै–२०७८ को अवसरमा शनिबार बारपाक सुलिकोटको सौरपानी थानिथानमा श्री स्मृति युवा क्लबले आयोजना गरेको खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै नेपाली समुदायले मान्दै आएको सबै चाडपर्व साझा रुपमा मान्न सके नेपाली समाज अझ एकताबद्ध हुने बिचार अध्यक्ष गुरुङले ब्यक्त गरेका हुन्। 

245074339_951217318795428_1631327638349394856_n.jpg

अध्यक्ष गुरुङले भने–‘दशै, तिहार हिन्दुहरुको मुख्य चाड भएपनि सबै नेपालीले साझा चाडको रुपमा मानेर राष्ट्रिय रुपमा स्थापित भएको छ’, ‘त्यसरी नै अन्य समुदाय र धर्ममा आधारित ल्होसार, क्रिसमस, बुद्ध जयन्ति लगायतका चाडपर्वहरु पनि सबै नेपालीले मानेर साझा सामाजिक सद्भाव राख्न सक्नुपर्छ ।, जसले समाजलाई एकताबद्ध गराउँदछ र देशको बिकासमा टेवा पुर्याउँदछ ।’

कम्युनिष्टहरुले धर्म र चाडपर्व प्रति मतलब नगरे पनि सामाजिक सद्भाव र पुनर्मिलनका लागि चडपर्व मान्ने संस्कार विविधतापूर्ण नेपाली समाजको लागि आवश्यक रहेको समेत अध्यक्ष गुरुङको तर्क  थियो ।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय उपाध्यक्ष समेत रहेका गुरुङले जनगणनाले हरेक समुदायको तथ्याङ्क संकलन गरी त्यसको आधारमा राज्यको बिकास सम्वन्धि नीति तथा कार्यक्रमहरु बन्ने भएकोले कार्तिकबाट हुने २०७८ को जनगणनामा आफ्नो बास्तबिक पहिचान लेखाउन आग्रह गरे ।

244500597_4593195197439525_1265534210443313863_n.jpg

आगामी अशोज २६ गतेसम्म चल्ने भलिबल प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ ७ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई पुरुषतर्फ क्रमशः रु. २०,००० र १०,००० तथा महिलातर्फ रु. ५००० सहित मेडल पुरस्कार प्रदान गर्ने र अन्य विविध विधाका खेलाडीहरुलाई मेडल र पुरस्कारको व्यवस्था गरेको क्लबका सचिब गजबहादुर गुरुङले जानकारी दिए।

images
प्रकाशित मिति :आश्विन २४, २०७८ आइतवार - १९:४०:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology