Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राप्रपा गोरखाको अध्यक्षमा भगवानदाश मल्ल चयन

राप्रपा गोरखाको अध्यक्षमा भगवानदाश मल्ल चयन

images

इच्छाकामना न्युज

२१, आश्विन २०७८
राप्रपा गोरखाको अध्यक्षमा भगवानदाश मल्ल चयन
images

गोरखा, २१ असोज । मुद्दा परेर बल्झिएको राप्रपा गोरखाको जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ । होटल क्राउन रिसोर्टमा सम्पन्न अधिवेशनले भगवानदास मल्लको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अध्यक्षका लागि भगवानदास मल्ल, रामराज कोइराला, सुदीप ढकाल, अम्बिका रुपाखेती, शंकरराज अधिकारीको उम्मेदवारी परेकामा मल्लको नाममा सर्वसम्मति जुटेको निर्वाचन समितिका संयोजक ठाकुर लामिछानेले जानकारी दिए । उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव लगायतका पदमा नयाँ कार्यसमितिले मनोनित गर्ने व्यवस्था रहेको उनले बताए ।

केन्द्रीय पर्यवेक्षकहरु राजेन्द्र अधिकारी र केदार फुयाँल तथा केन्द्रीय सदस्यहरु मोहन श्रेष्ठ, हिक्मतजंग भण्डारी, महेश्वर रोका, हरिराम आचार्य राजेन्द्र शाहको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनमा निर्वाचन समितिले अध्यक्ष लगायत सदस्यहरुको नामावली घोषणा गरेपछि असन्तुष्ट समूहले होहल्ला, नारावाजी गरेका थिए । साथै सो समूहले निर्वाचन समितिले तयार गरेको माइन्यूट च्यातेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गर्नुपरेको थियो ।

यसअघि गत भदौ २८ गते सम्पन्न भएको भनिएको अधिवेशले सुदीप ढकाललाई निर्वाचित गरेको थियो । तर निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै एक टोलीले केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएपछि समितिले पुन अधिवेशन गर्न निर्देशन गरेको थियो ।

images
प्रकाशित मिति :आश्विन २१, २०७८ बिहिवार - ०७:४४:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology