Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्द सत्रमा झडप, विद्यार्थीबीच कुर्सी हानाहान

माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्द सत्रमा झडप, विद्यार्थीबीच कुर्सी हानाहान

images

इच्छाकामना न्युज

१८, आश्विन २०७८
माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्द सत्रमा झडप, विद्यार्थीबीच कुर्सी हानाहान
images

काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको बन्द सत्रमा झडप भएको छ। केन्द्रीय नेतृत्व चयन भइ घोषणा गर्ने तयारी भइरहेका बेला विद्यार्थीहरुबीच नै झडप भएको हो। सम्मेलनबाट नेतृत्व घोषणा गर्ने बेला असन्तुष्ट समूहका विद्यार्थीले नाराबाजी गरेका थिए। हो–हल्लाकै बीच चयन भएका पदाधिकारीको नाम घोषणा गर्न थालिएपछि विद्यार्थीहरुले तोडफोड गर्दै कुर्सी प्रहार गरेका हुन्।

राष्ट्रिय सम्मेलन अगाडिको समितिका कोषाध्यक्ष केशव रावल पक्षका विद्यार्थीले नाराबाजी र तोडफोड गरेका हुन्। विधान विपरीत केन्द्रीय समितिको संख्या बढाएको भन्दै रावल पक्षले विरोध जनाएको हो।

 

images
प्रकाशित मिति :आश्विन १८, २०७८ सोमवार - २१:२४:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology