Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रदेश २ को प्रहरी संगठनमा सानालाई कार्वाही, ठुलालाई मस्ती, डिआइजी रञ्जीतकारका घुमुवाको प्रदेशमा असुली आतंक

प्रदेश २ को प्रहरी संगठनमा सानालाई कार्वाही, ठुलालाई मस्ती, डिआइजी रञ्जीतकारका घुमुवाको प्रदेशमा असुली आतंक

images

इच्छाकामना न्युज

१८, आश्विन २०७८
प्रदेश २ को प्रहरी संगठनमा सानालाई कार्वाही, ठुलालाई मस्ती, डिआइजी रञ्जीतकारका घुमुवाको प्रदेशमा असुली आतंक
images

जनकपुर, १८ असोज । देश रदेशबासीको सुरक्षामा रातदिन खटिनु पर्ने नेपाल प्रहरी पछिल्लो समय कमाउँ धन्दामा लागेपछि विवादमा तानिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री देखि प्रहरी संगठनमा जागिर खाने तल्लो तह सम्मका हरेक सुरक्षाकर्मी अहिले कमाउ धन्दामा लाग्दा दक्षिण यसियामा नाम कहलिएको नेपाल प्रहरी विवादित बनन थालेको छ ।

आफुलाई दुधले नुहाएको स्वच्छ छवीको दाबी गर्ने प्रदेश २  प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकार पनि पछिल्लो समय कमाउ धन्दामा लिप्त भएका छन् । कहिले प्रहरी स्कुलको विषयमा कमिसन डिल गर्ने त कहिले चाडपर्व लगायतका नाममा तस्करी गर्न लाइन मिलाई दिने गरेका कारण विवादमा तानिएका छन् । प्रहरी स्कुलको विषयमा आफ्नोनाम बेचेर रकम वार्गेनिङ गरेको आरोपमा एक जना नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर डिआईजी रञ्जीतकारलाई जोगाउने खेल समेत शुरु भएको छ ।

डिआइजी रञ्जितकारले सुरुमा केही घुुमुवालाई कारबाही गरेको नाटक गरेपनि अहिले आफैं घुुमुवा प्रयोग गर्न थालेका छन् । प्रदेश २ का ८ जिल्लामा डिआईजीका घुमुवाको असुली धन्दा र तसकमरहरुलाई लाईन मिलाई दिने गरेका कारण तस्करी बढेको छ । मुद्दामा हुने चलखेल रोखिएको छैन । कतै प्रहरीकै मिलेमतोमा पत्रकारलाई फसाउने षडयन्त्र समेत भएको छ । धनुषामा लागु औषध मुद्दामा नै चलखेल भएको प्रष्ट भएको छ । तथापी पनि दोषी एसपी प्रकाश रानाभाटलाई गृह मन्त्रालयले उच्च तहको विभूषण प्रदान गरेको छ ।

डिआईजी रञ्जीतकारका घुमुवा रामसेवक ठाकुरले प्रदेशभरी घुमुवा आतंक मच्चाएका छन् । उनले दैनिक उपभोग्य सामाग्री लिएर आएका एक नेपालीलाई आफुलाई ३बोतल कोरोक्स ल्याउन भन्दै रोकेका र कोरोक्स ल्याई दिएपछि तेरो ५ किलो चिनी भन्सार बुझाउछु भन्दै धम्क्याएका स्थानियले गुनासो गरेका छन् । त्यति मात्र नभई डिआईजी रञ्जीतकारका घुमुवाहरुले प्रदेशका उद्योगधन्दा कलकारखानाहरुबाट समेत कमिसन समेत लिने गरेका पाईएको छ ।
अनियमितताको चर्चा चलेपछि प्रदेश २ मा एसएसएसपी भीम ढकालको नेतृत्वमा टोली पठाइएको थियो । तर टोलीले संस्थागत रुपमा भ्रष्टाचार मौलाउंदा पनि केही पत्ता लगाउन नसकेर फर्किएको हो ।

डिआईजी रञ्जीतकारले सानातिना तस्करी रोकेर ठूला तस्करीमा साथ दिएका छन् । डिआइजी रञ्जीतकारलाई प्रहरी प्रधान कार्यालयको छड्के टोलीले उन्मुक्ति दिएपछि प्रहरी प्रधान कार्यालयको समेत संग्लग्नता अनियमितताभई रहेको आशंका शुरु भएको छ ।

images
प्रकाशित मिति :आश्विन १८, २०७८ सोमवार - ०७:३५:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology