Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपाली कांग्रेस गोरखा क्षेत्र नं २ बाट प्रदेश सांसदद्वय दवाडी र गुरुङ सहित २४ महाधिवेशन प्रतिनिधिमा को–को चुनिए (हेर्नुस्)

नेपाली कांग्रेस गोरखा क्षेत्र नं २ बाट प्रदेश सांसदद्वय दवाडी र गुरुङ सहित २४ महाधिवेशन प्रतिनिधिमा को–को चुनिए (हेर्नुस्)

images

इच्छाकामना न्युज

१८, आश्विन २०७८
नेपाली कांग्रेस गोरखा क्षेत्र नं २ बाट प्रदेश सांसदद्वय दवाडी र गुरुङ सहित २४ महाधिवेशन प्रतिनिधिमा को–को चुनिए (हेर्नुस्)
images

गोरखा, १८ असोज । गोरखा क्षेत्र नं २ का प्रदेश सांसद प्रकाशचन्द्र दवाडी र मनकुमारी गुरुङ सहित २४ जना नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन । कूल ६ सय ९४ मत खसेकोमा सबैभन्दा धेरै ४ सय ३३ मत ल्याएर सांसद प्रकाशचन्द्र दवाडीले निर्वाचित भए ।

त्यस्तै प्रत्यक्ष महिला तर्फ ३ सय ३२ मत ल्याएर प्रदेश सांसद मनकुमारी गुरुङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइन । खुल्ला तर्फ प्रकाशचन्द्र दवाडी ४ सय ३३, पिताम्बर बडु ४ सय २६, दिपकबाबु कंडेल ४ सय २१, हरिबहादुर घले ४ सय ११, बेदप्रसाद काप्री ३ सय ४९, ओमबहादुर गुरुङ ३ सय १६, ध्रुब पन्त २ सय ९६, सलाउदीन मियाँ २ सय ९२, मोहन प्रकाश पोखरेल २ सय ६२ र सुभाष अधिकारीले २ सय ५३ मत ल्याएर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन ।

आदीबासी जनजाती तीन अन्य तर्फ अशोककुमार गुरुङ ३ सय १३, नबिन श्रेष्ठ २सय ३९ र चेतमान श्रेष्ठले २ सय २८ मत ल्याएर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन ।

त्यस्तै प्रत्यक्ष चार महिला तर्फ मनकुमारी गुरुङ ३ सय ३२, टिलु घले ३ सय २८, शोभा अधिकारी ३ सय १५, मिना अधिकारी २ सय ७० र आदिबासी जनजाती महिला तर्फ इन्द्र गुरुङ ४ सय ८, मसलिमाया थोकर ३ सय २१ र दलित महिला तर्फपार्वती नेपाली ३ सय ११ र खस आर्य महिला तर्फ रबिकला खनालले ३ सय ७६ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा छनौट भएका छन ।

यसैगरी दलित तर्फ दिनेश सुनार ३ सय ६३, खस आर्य दुई अन्य तर्फ सुरेन्द्र भण्डारी ३ सय ११ र फडिन्द्र धितालले २ सय ५३ मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन । यस अघि नै अल्पसंख्यक तर्फ अब्दुल सतार मियाँ महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत भइसकेका छन ।

images
प्रकाशित मिति :आश्विन १८, २०७८ सोमवार - ०७:२३:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology