Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनको दाशढुङ्गामा स्कुटर दुर्घटनामा परि गोरखाकी युवतीको मृत्यु

चितवनको दाशढुङ्गामा स्कुटर दुर्घटनामा परि गोरखाकी युवतीको मृत्यु

images

इच्छाकामना न्युज

१८, आश्विन २०७८
चितवनको दाशढुङ्गामा स्कुटर दुर्घटनामा परि गोरखाकी युवतीको मृत्यु
images

चितवन १८, असोज । गोरखाकी एक युवतीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । चितवनको दासढुङमा भारतीय ट्रकले स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा सवार गोरखा नगरपालिका ९ बस्ने २१ वर्षीया अन्जु घर्ती मगरको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका २९ को दासढुंगास्थित सडकमा भारतीय नम्बरको आरजे ०५ जीबी ४८८१ लहरीले प्रदेश ०३–००४ प ४०१७ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएकी अन्जुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोही दुर्घटनामा घाइते भएका स्कुटर चालक उनकै श्रीमान २४ वर्षीय श्रीराम रानाको सोही अस्पतालमा गंभिर अवस्थामा उपचार भइरहेको छ । दुुर्घटनामा संलग्न लहरी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको चितवन प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन १८, २०७८ सोमवार - ०७:२०:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology