Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

एकिकृत अखिल नेपाल शिक्षक संगठन गण्डकी गाउँपालिकाको अध्यक्षमा नेत्रलाल श्रेष्ठ चयन

एकिकृत अखिल नेपाल शिक्षक संगठन गण्डकी गाउँपालिकाको अध्यक्षमा नेत्रलाल श्रेष्ठ चयन

images

इच्छाकामना न्युज

१७, आश्विन २०७८
एकिकृत अखिल नेपाल शिक्षक संगठन गण्डकी गाउँपालिकाको अध्यक्षमा नेत्रलाल श्रेष्ठ चयन
images

गोरखा,१७ असोज । एकिकृत अखिल नेपाल नेपाल शिक्षक संगठन गण्डकी गाउँपालिकाको अध्यक्षमा नेत्रलाल श्रेष्ठ चयन हुनुभएको छ । शनिबार सम्पन्न संगठनको दोश्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा बिल बहादुर चेपाङ, उपाध्यक्षमा केशब नेपाल, महिला उपाध्यक्षमा कुमारी गुरुङ, सचिवमा नरेन्द्रराज तिमल्सिना, अर्थसचिवमा प्रकाश रेग्मी ,सह–सचिवमा झविन्द्र रानामगरलाई चयन गरिएको छ । सदस्यहरुमा चन्द्र बहादुर चेपाङ, जेनिशा भण्डारी, लक्ष्मण रोका, शिव नेपाल, यम बहादुर थापा, कर्ण बहादुर चेपाङ, शुसिल कुमार श्रेष्ठ, कुमार श्रेष्ठ, परशुराम न्यौपाने, हिरा बिक, सुवास अमगाई, रामचन्द्र अधिकारी, चोलेन्द्र अधिकारी, कौशिला खनाल घिमिरे र अनिल तिमल्सिना रहेका छन् ।

यसैबिच भेलाले सल्लाहकार समिति गठन गरिएको छ । ठाकुर गुरुङको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो । सदस्यहरुमा दिल बहादुर गुरुङ, राजु रेग्मि, लक्ष्मी पन्त तूल बहादुर गुरुङ, मिन कुमार श्रेष्ठ र होम प्रसाद ढकाल रहेका छन् ।

नेकपा माओवादी केन्द्र गोरखाका अध्यक्ष तथा पूर्वमन्त्री प्रदेश सांसद लेख बहादुर थापाको प्रमुख अतिथि तथा माओवादी केन्द्रका प्रदेश सदस्य  दीपक तिमल्सिनाको विशिष्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
भेलामा वडा नम्बर ६ का वडाध्यक्ष जीवन गुरुङ, नेकपा माओवादी केन्द्र गण्डकी गाउँपालिकाका अध्यक्ष सिताराम रसाइली लगायतको आतिथ्यता रहेका थिए ।

images
प्रकाशित मिति :आश्विन १७, २०७८ आइतवार - ०९:४३:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology