Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

समाजवादी विद्यार्थी युनियन गोरखाको अध्यक्षमा सुजन गर्तौला चयन

समाजवादी विद्यार्थी युनियन गोरखाको अध्यक्षमा सुजन गर्तौला चयन

images

इच्छाकामना न्युज

१६, आश्विन २०७८
समाजवादी विद्यार्थी युनियन गोरखाको अध्यक्षमा सुजन गर्तौला चयन
images

गोरखा, १६ असोज । समाजवादी विद्यार्थी युनियन गोरखाको पहिलो जिल्ला भेला शनिवार गोरखा सदरमुकाममा भएको छ । भेलाले सुजन गर्तौलाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष कुमार ढकाल, भरत घले, वर्षा श्रेष्ठ, सचिव लक्ष्मण गिरी, सह सचिव दिपक कुमाल, सन्तोष भट्ट, बिसाल घले, कोषाध्यक्ष मनिसा घिमिरे रहेका छन् । समिति ५१ सदस्यिय रहेको अध्यक्ष गर्तौलाले बताए ।

समाजवादी विद्यार्थी युनियनका केन्द्रिय अध्यक्ष रुपनारायण श्रेष्ठको प्रमुख आथ्यित्यतामा भएको कार्यक्रममा जनता समाजवादी पार्टीका सह संयोजक रमेश पोखरेल, जसपा गोरखाका जिल्ला संयोजक ज्ञानेन्द्र कुमाल, अध्यक्ष यानप्रसाद भट्ट, गण्डकी प्रदेश सदस्य ज्योती कोईराला, विद्यार्थी युनियनका सचिवालय सदस्य बिष्णु न्यौपाने, केन्द्रिय सदस्य बिसाल तिमल्सिना, विद्यार्थी युनियनका गण्डकी प्रदेश संयोजक रेशम सापकोटा लगायतले मन्तब्य राखेका थिए ।

नवगठीत कमिटिले गोरखाको सबै पालिका स्तरमा विद्यार्थी संगठन बिस्तारको लागि जिम्मेवारी तोकेको छ । संगठन सृदृढिकरण अभियान गोरखाकोअन्र्तगत सबै पालिकामा मंसिर मसान्त सम्म विद्यार्थी युनियन गठन गरिसक्ने अध्यक्ष गर्तौलाले बताए ।

images
प्रकाशित मिति :आश्विन १६, २०७८ शनिवार - १९:४०:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology