गोरखा, १५ असोज । समाजसेवा संगै राजनीति, राजनीति संगै समाजसेवा भन्ने नाराको साथ भुकम्पको हिरो हरि देवकोटा नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा संघिय महाधिवेशनको उम्मेदवारी दिएको छ। आजदेखि सुरु गोरखा क्षेत्र नं. २ को महाधिवेशनमा संघिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन्।
लामो समय गोरखामा एकिकरण नेपाल गोरखामा आवद्ध भई सामाजिक काममा लागेका देवकोटाको व्यक्तिगत तथा संस्थागत पहलमा गोरखामा ६० करोड भन्दा वढि वैदेशिक सहायता तथा अनुदान संकलन गरि गोरखाको विद्यालय भवन, स्वास्थ्य चौकी, गाँउघर क्लिनिक, १०० भन्दा वढि खानेपानी, हजारौ व्यक्तिगत घर निर्माणमा प्राविधिक सहायता, सहकारी भवन, विपद् व्यवस्थापनको क्षेत्रमा काम गरेका छन् । देवकोटा गोरखाको वौद्धिक व्यक्तित्वको रुपमा परिचित छन् ।
विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार हाँसिल गरेको देवकोटाले परियोजना व्यवस्थापनमा अमेरिकी सरकारको छात्रवृतिवाट उच्च शिक्षा समेत हाँसिल गरेका छन्। देवकोटाले शुक्रबार गोरखामा आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो उम्मेदवारी नेपाली काँग्रेस गोरखालाई वैचारिक हिसावले अझ सशक्त संगठन वनाउनको लागि विभिन्न तालिम, गोष्ठी र संस्थागत विकासमा योगदान गर्न, गरिव विपन्न तथा पछाडी परेको वर्गको सशक्तिकरणको लागि, युवाहरुलाई रोजगार तथा स्वरोजगार लागि निशुल्क परामर्श, सीपमुलक तालिम तथा अन्य साहयताको लागि पहल गर्न, गोरखाको शिक्षा, आयआर्जन तथा जीविकोपार्जनको विकासको लागि निरन्तर पहल गर्नको लागि भएको वताए ।
देश संचालन नै राजनीतिक दलको माध्यमवाट चुनाव जितेर सत्तामा पुग्ने परिप्रक्ष्येमा राजनीतिलाई सफा वनाउन सकेमा राम्रो व्यक्तिहरु राज्य संचालनमा गई विकास र संवृद्धि आउने कुरा देवकोटाले वताए ।