Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तमु प्ये ल्हु संघ चितवनको महिला समिति अध्यक्षमा पुनः इन्द्रकुमारी गुरुङ चयन

तमु प्ये ल्हु संघ चितवनको महिला समिति अध्यक्षमा पुनः इन्द्रकुमारी गुरुङ चयन

images

इच्छाकामना न्युज

१५, आश्विन २०७८
तमु प्ये ल्हु संघ चितवनको महिला समिति अध्यक्षमा पुनः इन्द्रकुमारी गुरुङ चयन
images

चितवन, १५ असोज । गुरुङको धार्मिक सामाजिक संस्था तमु प्ये ल्हु संघ चितवनको महिला जिल्ला कार्यसमितिको अध्यक्षमा पुनः इन्द्रकुमारी गुरुङ चयन भएका छन्। संघको महिला समितिको आज सम्पन्न दोस्रो सधारण सभा एवं पहिलो अधिवेशनबाट गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएका हुन्।

IMG_8773.jpg

समितिको अन्य पदाधिकारीहरु मध्य उपाध्यक्षमा रीता गुरुङ, सचिवमा सुकमाया गुरुङ, सह–सचिवमा हितु गुुरुङ, कोषाध्यक्षमा प्रेम कुमारी गुरुङ, सह–कोषाध्यक्षमा ज्ञानु कुमारी गुरुङ, सदस्यहरुमा बन्दना गुरुङ, पूर्णीमा गुरुङ र गीता गुरुङ चयन भएका छन्।

IMG_8724.jpg

संघका महिला समिति अध्यक्ष इन्द्रकुमारी गुरुङको सभापतित्वमा सम्पन्न सभाको प्रमुख अतिथि तमु प्ये ल्हु संघ चितवनका अध्यक्ष जगत बहादुर गुरुङ रहनुभएको थियो भने कार्यक्रममा संस्थापक सल्लाहकार भिम बहादुर गुरुङ, लेख बहादुर गुरुङ, इच्छा बहादुर गुरुङ, उपाध्यक्ष शुक बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो।

IMG_8751.jpg

कार्यक्रममा संघका सचिव रीता गुरुङले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने संघका कोषाध्यक्ष सुकमाया गुरुङले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। साथै संस्थालाई विभिन्न समयमा आर्थिक सहयोग गर्ने दाताहरुलाई समेत मायाको चिनो र खादाले सम्मान गरेका थिए।

IMG_8768.jpg

IMG_8817.JPG

IMG_8715.JPG

images
प्रकाशित मिति :आश्विन १५, २०७८ शुक्रवार - २०:१४:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology