Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सहचालकले चलाएको बसले घर हान्दा आँबुखैरेनीका सुरज मल्लको परिवारको त्रिपाल मुनि बास !

सहचालकले चलाएको बसले घर हान्दा आँबुखैरेनीका सुरज मल्लको परिवारको त्रिपाल मुनि बास !

इच्छाकामना न्युज

१५, आश्विन २०७८
सहचालकले चलाएको बसले घर हान्दा आँबुखैरेनीका सुरज मल्लको परिवारको त्रिपाल मुनि बास !
images

विकास खनाल, आँबुखैरेनी, १५ असार । ‘होटलको काम सकेर मज्जाले निदाएका थियौँ । रात छिप्पिंदै थियो । यस्तैमा भुकम्प आए जसरी घरमा ढ्याक ढ्याक आवाज आयो । टासिमा रहेका बियर लगायत रक्सिका बोतल भुइँमा झरेर बढ्याम बढ्याब गर्दै फुट्न थाले’, ठुलो आवाजले सुरज
मल्ल र उनको परिवार निन्द्राबाट झस्किंदै बिउझियो । “ बाहिर निस्किउ “ भुकम्प आएजस्तो छ भन्दै हतारिंदै चिच्याए । दुबै जना बाहिर निस्के ।

images
images

निस्कँदा निस्कँदै बस भाग्यो । रोक् रोक् भन्दै चिच्याउदा इप्रका आँबुका ट्राफिक प्रहरीपनि सडकमा निस्के । तर प्रहरीलाई पनि नटेरि बस भाग्यो । बस भागेपनि प्रहरीले बस नम्बर पत्ता लगायो । घटना १२ गते राति त्यस्तै ११ बजेको थियो । डुम्रे तिरवाट मुग्लिन तर्फ बस अगाडि बढ्ने क्रममा सुरजको होटल भएको घरमा बसले हानेर भागेको थियो । बसले हान्दा घरको अधिकांश भागहरू चर्केको , भत्केको , फुटेको घर एवम् होटल सञ्चालक सुरज मल्लले बताए ।

243001013_2969269793321755_8323939324268062384_n.jpg

क्षतिपूर्तिमा भएन सहमति
सटर पनि सबै भत्किएर अस्तब्यस्त भएकोले त्रिपाल हालेर कष्टकर रूपमा दैनिकी गुजार्दै ४ दिन बिताउँदा पनि अझै बसको साहु र सञ्चालक समितिका मानिसले गम्भीरता नदेखाएको मल्लले बताए । पिल्लरको भाग पनि चर्केको छ , अब पुनर्निर्माण नगरी बस्न मिल्दैन , चाडै क्षतिपूर्ति दिए चाडै बनाएर ब्यबसाय सञ्चालन गर्न पाइन्थ्यो मल्लले भने । दुई दिन छलफल गर्दापनि क्षतिपूर्तिको बारेमा सहमति भएको छैन । मेरो आशिस होटलको मात्रै १ लाख ६१ हजारको क्षति भएको छ , त्यो घटना सम्झदै मल्लले भने धन्न ठुलो दुर्घटनाले बाच्यौ , मानविय क्षति हुन पाएन ।

मल्लको सँगै टोल सुधारको भवन , ढावा होटल सहित ४ वटा घरमा क्षति पुगेको उनले जानकारी दिए । गत १२ गते पृथ्वी समितिको ८८२५ नम्बरको बसले घरमा हानेको थियो । स्थानीयका अनुसार बस वास बस्नको लागि मुग्लिनमा रोकिराखेको थियो , चालक खाना खाजा खाइवरि सुत्ने तरखरमा हुँदा सहायक चालकले मादक पदार्थ सेवन गरेको तालमा चाबी मागि बस ग्यारेजमा थन्क्याउने भनेर हाइवेतिर कुदाउँदै आवुखैरेनीतिर ल्याएका थिए । त्यहिक्रममा आँबुखैरेनीबाट फर्कने भनी आत्तिदै बस चलाउँदा बस घरमा ठोक्किन पुगि दुर्घटना भएको थियो, जसले अहिले परिवारका त्रिपालमुनि बास बनाएको छ । दमौली न्युजबाट

images
प्रकाशित मिति :आश्विन १५, २०७८ शुक्रवार - ०९:०३:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology