Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनमा वकिलको ठगी धन्दाः आफै मुद्दा हाल्ने, अनि मुद्दा मिलाउने बहानामा पैसा असुल्ने

चितवनमा वकिलको ठगी धन्दाः आफै मुद्दा हाल्ने, अनि मुद्दा मिलाउने बहानामा पैसा असुल्ने

images

इच्छाकामना न्युज

१२, आश्विन २०७८
चितवनमा वकिलको ठगी धन्दाः आफै मुद्दा हाल्ने, अनि मुद्दा मिलाउने बहानामा पैसा असुल्ने
images

चितवन, १२ असोज । चितवनमा मुद्धा मिलाइदिन्छु भन्दै पटक–पटक रकम माग्ने एक जना कानुन व्यवसायी (वकिल)लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका ५ पदमपुर बस्ने ५० बर्षका कानुन व्यवसायी रामचन्द्र देवकोटा रहेका छन ।

उनले आफै नागरिकताको विषयमा जाहेरी दरखास्त लेखी जाहेरी प्रतिबादीका रुपमा उल्लेख भएका व्यक्तिसंग पटक–पटक फोन गरेर पैसा माग गरेको प्रहरीले जनाएको छ । उनले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त परेको बताउँदै दरखास्त दर्ता नगराई मुद्धा मिलाइदिन्छु भन्दै पैसा माग गरेका थिए । पक्राउ परेका व्यवसायीलाई ठगी उद्योग मुद्धामा चितवन आदलतबाट म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले भरतपुरमा कार्यालय संचालन गरी काम गरिरहेको प्रहरीको भनाई छ ।

images
प्रकाशित मिति :आश्विन १२, २०७८ मंगलवार - ०८:३७:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology