Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखा सामागाउँका स्थानीयले पहिलो पटक मलास्लु हिमालको सफल आरोहण गरे

गोरखा सामागाउँका स्थानीयले पहिलो पटक मलास्लु हिमालको सफल आरोहण गरे

images

इच्छाकामना न्युज

१२, आश्विन २०७८
गोरखा सामागाउँका स्थानीयले पहिलो पटक मलास्लु हिमालको सफल आरोहण गरे
images

गोरखा, १२ असोज । उत्तरी गोरखा सामागाउँका स्थानीयहरुले पहिलो पटम मनास्लु हिमालको सफल आरोहण गरेका छन् । चुमनुब्री गाउँपालिका वडा नं १ सामागाउँका मिङ्मार छिरिङ र डिकी ल्हामुले आफ्नै गाउँमा रहेको मनास्लु हिमालको सफल आरोहण गरेका हुन् । स्थानीयको हैसियतमा दुवै जनाले विना असिक्जन मनास्लु हिमालको आरोहण गरेको स्थानीय धार्के लामाले बताए ।

३७ बर्षका मिङ्मार सोही वडाको वडासदस्य हुन् । यस्तै, २१ बर्षकी डिकीले स्थानीय पोशाकमै मनास्लुको चुचुरोमा पुगेकी थिइन् । नुब्रीमा प्रचलित पोशाक (छुपा) लगाएर मनास्लुको शिखर टेकेकी आरोहणको व्यवस्था गरेको कम्पनी पायोनियर एड्भेञ्चर ट्रेक्सले जनाएको छ ।

८,१६३ मिटर अग्लो मनास्लु हिमाल विश्वको आठौँ र नेपालको सातौमा अग्लो हिमालमा पर्दछ ।

images
प्रकाशित मिति :आश्विन १२, २०७८ मंगलवार - ०८:३५:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology