Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुर अस्पतालका मेसु पौडेलले निजी अस्पतालमा राखिएको आफ्नो नामको बोर्ड हटाए

भरतपुर अस्पतालका मेसु पौडेलले निजी अस्पतालमा राखिएको आफ्नो नामको बोर्ड हटाए

इच्छाकामना न्युज

११, आश्विन २०७८
भरतपुर अस्पतालका मेसु पौडेलले निजी अस्पतालमा राखिएको आफ्नो नामको बोर्ड हटाए
images

हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, ११  असोज । चितवनमा रहेको सरकारी अस्पताल भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्राडा कृष्णप्रसाद पौडेलले निजी अस्पतालमा रहेको आफ्नो नामको साइनबोर्ड हटाएका छन् ।

images
images

उनले भरतपुरको अस्पताल रोडमा रहेको निजी अस्पताल भरतपुर सामुदायिक अस्पतालको आफ्नो कार्यकक्षको ढोकामा रहेको आफ्नो नामको बोर्ड हटाएका हुन् ।

अस्पतालभित्र छिर्ने बित्तिकै देबे्र पट्टीको पहिलो नम्बर कोठामा प्राडा पौडेलको कार्यकक्ष रहेको छ । उनी भरतपुर सरकारी अस्पतालका दशौं तहका वरिष्ठा हाडजोर्नी तथा मेरुदण्ड विशेषज्ञ समेत हुन् । उनले मेसु हुनुअघि र अहिले पनि निजी अस्पतालमा काम गर्छन् ।

यससम्बन्धि समाचार हिजो स्थानीय सञ्चारमाध्यमहरुले प्रकाशित गरेपछि पौडेलले निजी अस्पतालबाट आफ्नो नामको साइन बोर्ड हटाएका हुन् ।
हिजोसम्म उक्त मेरुदण्ड तथा नशा हाडजोर्नी विभागको कार्यकक्षमा प्राडा पौडेल र डा रमेश थापा मगरको नाम थियो । आज डा मागरको मात्र नाम छ । ढोकाभन्दा माथि सानो बोर्डमा भने प्राडा पौडेलको नाम लेखिएको छ ।

यसअघिका कतिपय मेसुले पनि निजी अस्पतालमा काम गर्ने गरेका कारण भरतपुर अस्पताल झन् भद्रगोल बन्दै गएको थियो । अहिले पनि भरतपुर अस्प्तालको अवस्था भद्रगोल छ । बिरामीले सहजरुपमा उपचार पाउने अवस्था छैन । मेसु नै निजीमा जाँदा उनीहरुको स्वार्थ बाझिने र सरकारी अस्पतालको सुधार नहुने सर्वसाधारणले बताउँदै आएका छन् ।

भरतपुर सामुदायिक अस्पतालका व्यवस्थापक रघुनाथ सापकोटाले डाक्टर पौडेलको नाम रहेको बोर्ड हटाएको बारेमा आफूलाई जानकारी नरहेको बताए । उनले भरतपुर सामुदायिक अस्पतालमा प्राडा पौडेलले बिहान ९ बजेसम्म र बेलुका ४ः३० बजेपछिमात्र बिरामी हेर्ने गरेको बताए ।

नाम हटाएर उनले निजीमा काम गर्नै न खोजेका हुन् की नाम नराखी किन भित्रभित्र काम गर्न खोजेका हुन् आगामी दिनमा पक्कै थाहा हुने छ ।

नारायणी अनलाईनबाट

images
प्रकाशित मिति :आश्विन ११, २०७८ सोमवार - १९:००:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology