Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

माडी नगरपालिकाको बेथितीः माओवादी पार्टीका वडा सचिव नगरपालिकाको कर्मचारी

माडी नगरपालिकाको बेथितीः माओवादी पार्टीका वडा सचिव नगरपालिकाको कर्मचारी

images

इच्छाकामना न्युज

११, आश्विन २०७८
माडी नगरपालिकाको बेथितीः माओवादी पार्टीका वडा सचिव नगरपालिकाको कर्मचारी
images

चितवन, ११ असोज । माडी नगरपालिकाको प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतमले नियम विपरित राजनीतिक दलका कार्यकर्तालाई नगरपालिकाका कर्मचारीमा नियुक्त गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत गौतमले एकीकृत नेकपा माओवादी माडी नगरपालिका वडा नम्वर ७ का वडा सचिव सुरेश थापालाई आफ्नो गाडी चालकमा नियुक्त गरेका हुन् । निजामती कर्मचारी ऐनको दफा ४४ ले निजामती कर्मचारीले राजनीतिमा भाग लिनु हुँदैन भन्ने उल्लेख गरे पनि नगरपालिकाले भने सिधै नगस्तरका माओवादी नेतालाई कर्मचारी नियुक्त गरेको हो । थापा वडा सचिव रहेको वाईसीएल चितवनका नेता सन्तोष पनेरुले जानकारी दिए ।

माडी नगरपालिकाका कार्यकारी अधिकृत गौतम आफू कार्यालयमा सरुवा भएर आउनुअघिकै करार सम्झौता भएकोले त्यसलाई निरन्तरता मात्रै दिएको दाबी गर्छन् । माडी नगरपालिकामा हाल कार्यरत अधिकांश कर्मचारी करारमा छन् । नगरप्रमुख ढकाल र नगरपालिकाका कार्यकारी प्रमुख समेतले आफू अनुकुल व्यक्तिहरु नगरपालिकामा नियुक्ति गर्न स्थायी दरबन्दी भए पनि कर्मचारीको माग गर्न प्रदेश र संघीय लोक सेवा आयोगमा सिफारिस गरेका छैनन् । अधिकांश कर्मचारी करारमा भएकोले महालेखा परीक्षकको कार्यालयले समेत कर्मचारीको विषयमा प्रश्न उठाएको छ ।

 

images
प्रकाशित मिति :आश्विन ११, २०७८ सोमवार - १८:५६:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology