चितवन,११ असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी हुनुभएको छ ।उहाँले ६४९ मत प्राप्त गनुृभयो । उहाँका निकटतम प्रतिद्धन्दी भरत अधिकारीले ५४६ मत प्राप्त गर्नुभयो । महानगर सभापतिकै अन्य उम्मेदवारहरु हिरामणी अधिकारीले १२९, बचन कार्कीले ७५ तथा अर्जुनप्रसाद रिजालले २६ मत प्राप्त गरेका गनुृभएको छ ।
यस्तै उप सभापतिमा वुद्धिकान्त न्यौपाने र विजय घले विजयी हुनुभएको छ । न्यौपानेले ६६१ तथा घलेले ५५६ मत प्राप्त गर्नुभएको छ । महानगर सचिवमा प्रनिशा गुरुङ र कृष्ण बगाले विजयी हुनुभएको छ । गुरुङले ५६४ र बगालेले ४५६ मत प्राप्त गनुृभयो । सह सचिवमा उपेन्द्र पण्डित र कल्पना खड्का पौडेल विजयी हुनुभएको छ । पण्डितले ५१३ तथा पौडेलले ४२० मत प्राप्त गर्नुभएको छ ।