देवघाट, ९ असोज । तनहुँको देवघाटमा अखिल नेपाल महिला संघ कमिटी गठन भएको छ । ने. क. पा. एमाले जिल्ला सचिव एवं राष्ट्रिय सभा सदस्य माननीय भगवती न्यौपानेको प्रमुख अतिथ्यमा आज एक भेलाको आयोजना गरि अखिल नेपाल महिला संघ देवघाट गाउँ कमिटीको गठन गरिएको हो।
भेलाले अखिल नेपाल महिला संघ देवघाट गाउँ कमिटिको अध्यक्षमा सावित्री न्यौपानेलाई चयन गरेको छ। न्यौपानेको अध्यक्षतामा १०१ सदस्यीय कमिटि गठन गरेको हो।

कार्यक्रमलाई सम्बोन्धन गर्दै प्रमुख अतिथि भगवती न्यौपानेले अब महिलाहरू एकजुट भएर अघि बढ्नुपर्ने बताए। ‘हामी महिलाहरू पनि पार्टीमा लाग्नु पर्छ हिजो जस्तो हामी महिलाहरूलाई पितृसत्ताले घरभित्रै राख्यौ, संसार हेर्नबाट बञ्चित गरायौं’ –उनले भने । अब यस्ता कुरा नसुनी गलत प्रथालाई अब हामी अगाडी बढेर समाजबाट हटाउनुपर्ने पनि उनले बताए।
यस्तै यो देशका महिलाहरूको हकहितका लागि आफु लड्ने बताउदैँ महिला उपाध्यक्ष मात्र हैन अध्यक्ष पनि बन्नुपर्छ भन्ने निति देखि कानुन बनाउने ठाउँसम्म हामी महिलाहरू पुग्नु पर्ने सासंद न्यौपानेले बताए। आगामी चुनावमा पनि यहाँका महिलाहरूलाई सक्रिय रूपमा अघि बढ्न आग्रह गर्दै देवघाटबासीहरूको साथ सहयोग सधै पाइरहु भने।

सो कार्यक्रममा देवघाट गाउँ कमिटीका सदस्य एवं महिला संजालका सचिव र सम्पूर्ण महिलाहरूको प्रतिनिधि गरेर उषा नैनावस्तीले हामी महिलाहरू पछि पर्नुको कारण नै आफ्नै कमजोरी रहेको बताए। ‘हामीले गर्न चाह्यो भने जे पनि गर्न सक्छौ समाज परिवर्तन देखि लिएर यो देश पनि हाक्न सकिन्छ यसैले हामी महिलाहरू घरमा मात्रै सिमित नभएर घर बाहिर निस्केर समाज परिवर्तनको लागि जागौँ’ –उनले भने।

कार्यक्रममा ने. क.पा. एमाले जिल्ला सचिवालय सदस्य एवं देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गवहादुर थापा, नेकपा एमाले जिल्ला सदस्य एवं देवघाट गाउँपालिकाका इन्चार्ज बाबुराम अधिकारी, शेरवहादुर मल्ल, एमाले देवघाटका अध्यक्ष केशव चन्द्र न्यौपाने, पार्टी सचिव एवं वडा नम्बर १ का वडाध्यक्ष भिमवहादुर गुरूङ, युवा केन्द्रीय सदस्य सान श्रेष्ठ , देवघाट गाउँपालिका वडा नम्बर ५ का इन्चार्ज शिजराज पौडेल, गाउँ कमिटीका सदस्य थमवहादुर थापा, देवघाट गाउँपालिका स्तरिय युवा संघका अध्यक्ष सुकु गुरूङ लगायतले मन्तव्य राखेका थिए ।
