Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बन्दिपुर कांग्रेसको सभापतिमा शंकर भण्डारी निकटको कर्ण खत्री निर्वाचित

बन्दिपुर कांग्रेसको सभापतिमा शंकर भण्डारी निकटको कर्ण खत्री निर्वाचित

images

इच्छाकामना न्युज

९, आश्विन २०७८
बन्दिपुर कांग्रेसको सभापतिमा शंकर भण्डारी निकटको कर्ण खत्री निर्वाचित
images

बन्दिपुर, ९ असोज । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत तनहुँको बन्दिपुर गाउँ सभापतिमा कर्ण खत्री निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा खत्री ६७ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् ।

सभापतिका प्रतिस्पर्धी वैश गुरुङले ४५ मत प्राप्त गरेका छन् । एक मत भने बदर भएको थियो । सभापतिमा निर्वाचित खत्री नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी निकट मानिन्छन् ।

यसैगरी उपसभापति पदमा कृष्णराज अधिकारी र गणेशबहादुर गुरुङ निर्वाचित भएका छन् । अधिकारीले ७२ र गुरुङले ९३ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार घनश्याम उपाध्यायले ४५ मत प्राप्त गरेका छन् ।

अन्य पद भने सर्वसम्मत भएको छ । सचिवमा कर्णबहादुर गुरुङ र सुनिल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सहसचिवमा चन्द्रबहादुर कार्की र रामचन्द्र भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी सदस्य पदहरुमा पनि निर्विरोध निर्वाचित भएका छन् ।

images
प्रकाशित मिति :आश्विन ९, २०७८ शनिवार - १७:१३:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology