Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

नेपाली कांग्रेस आँबुखैरेनीको अधिवेशनः सभापति र उपसभापतिमा निर्वाचन हुदै, अन्य पदाधिकारीमा सर्वसम्मत

नेपाली कांग्रेस आँबुखैरेनीको अधिवेशनः सभापति र उपसभापतिमा निर्वाचन हुदै, अन्य पदाधिकारीमा सर्वसम्मत

images

इच्छाकामना न्युज

९, आश्विन २०७८
नेपाली कांग्रेस आँबुखैरेनीको अधिवेशनः सभापति र उपसभापतिमा निर्वाचन हुदै, अन्य पदाधिकारीमा सर्वसम्मत
images

आँबुखैरेनी, ९ असोज । नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत तनहुँको आँबुखैरेनी पालिका कमिटिको अधिवेशनमा सभापति र उपसभापति पदमा निर्वाचन भएको छ। सभापति पदमा २ जना र उपसभापति पदमा ४ जनाको उम्मेद्वारी परेपछि निर्वाचन भएको हो। 

माई छिम्केश्वरी पार्टी प्यालेसमा भैरहेको अधिवेशनमा अहिले मतदाताहरुले मत हाल्ने क्रम चलिरहेको छ। कुल १ सय ४ जना मतदाता रहेको आँबुखैरेनीको सभापतिमा विष्णु बहादुर पन्थ र पित्तम बहादुर गुरुङ बिच प्रतिस्पर्धा भैरहेको छ। 

यस्तै उपसभापति पदमा कर्ण बहादुर गुरुङ, शालिग्राम अधिकारी, केशर बहादुर के.सी. र विजय गुरुङको उम्मेद्वारी परेको छ। पार्टीको अन्य पदाधिकारीमा भने सर्वसम्मत भएको छ। 

242020823_1295146724265988_6910590691856657041_n.jpg

images
प्रकाशित मिति :आश्विन ९, २०७८ शनिवार - १६:३१:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology