Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुरमा नगद र गरगहना चोरी गर्दै हिड्ने धादिङ त्रिपुरासुन्दरीका पुष्पा सिटौला पक्राउ

भरतपुरमा नगद र गरगहना चोरी गर्दै हिड्ने धादिङ त्रिपुरासुन्दरीका पुष्पा सिटौला पक्राउ

इच्छाकामना न्युज

८, आश्विन २०७८
भरतपुरमा नगद र गरगहना चोरी गर्दै हिड्ने धादिङ त्रिपुरासुन्दरीका पुष्पा सिटौला पक्राउ
images

चितवन, ८ असोज । भरतपुरमा नगद र गरगहना चोरी गर्ने महिला पक्राउ परेकी छन । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाँउपालिका वडा नम्वर ५ बस्ने २४ बर्षिय पुष्पा सिटौला रहेकी छन ।

images
images

भरतपुर महानगरपालिका १० बस्ने सावित्री दवाडीको घरबाट नगदसहित सुनचाँदीका गरगहना चोरी गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले सिटौलालाई खोजी गरेको थियो । प्रहरीले असोज ६ गते भरतपुर महानगरपालिका ११ बाट साथमा फलामको रड समेत बोकेर हिडिरहेको अवस्थामा फेला पारेको हो ।

उनको साथबाट नगद,सुनका गहना,कैंचि,मोवाइल समेत प्रहरीले बरामद गरेको छ । सिटौलालाई चोरी तथा डाँका सम्बन्धि कसुरमा जिल्ला अदालत चितवनबाट म्याद अनुमती लिइन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ८, २०७८ शुक्रवार - २१:२७:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology