Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नक्कली ऋणी खडा गरी आरम्भ चौतारी लघुवित्त देउराली शाखाको झण्डै १७ लाख रुपैयाँ ठगी गर्ने शाखा प्रबन्धक आँबुखैरेनीबाट पक्राउ

नक्कली ऋणी खडा गरी आरम्भ चौतारी लघुवित्त देउराली शाखाको झण्डै १७ लाख रुपैयाँ ठगी गर्ने शाखा प्रबन्धक आँबुखैरेनीबाट पक्राउ

images

इच्छाकामना न्युज

८, आश्विन २०७८
नक्कली ऋणी खडा गरी आरम्भ चौतारी लघुवित्त देउराली शाखाको झण्डै १७ लाख रुपैयाँ ठगी गर्ने शाखा प्रबन्धक आँबुखैरेनीबाट पक्राउ
images

गोरखा ८ असोज । गोरखाको एक लघुबित्तबाट नक्कली ऋणी खडागरी करिब १७ लाख रुपैयाँ ठगी गर्ने एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका १४ को देउरालीमा रहेका आरम्भ चौतारी लघुबित्त संस्था लिमिटेडका तात्कालिन शाखा प्रमुख ललित जंङ शाहीलाई गोरखा प्रहरीले पक्राउ गरेको हो ।

कालीकोट राम्नाकोट ६ घर भएका शाहीले देउराली शाखामा कार्यरत रहदा १३ जना नक्कली ऋणी खडा गरी उनीहरुको नाममा १६ लाख ९५ हजार ऋण लगानी गरेको देखाएर उत्त रकम हिनामिना गरेको भनि संस्थाले प्रहरी उजुरी दिएको प्रहरीले जनाएको छ ।

संस्थाको रकम हिना मिना गरे पछि निलम्बनमा परेका शाही लुकीछिपी बस्दै आएको अवस्थामा तनहुँको आँबुखैरेनी बजारबाट आज गोरखा प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।

शाहीलाई आजै गोरखा जिल्ला अदालतमा ठगी कसुर शिर्षकमा मुद्वा दर्ता गरी अनुसन्धानका लागी ७ दिनको म्याद लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो । पक्राउ परेका शाहीको बारेमा थप अनुसन्धान भई रहेको गोरखा प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ८, २०७८ शुक्रवार - २१:०५:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology