Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राशनमा घोटला देखि तस्करहरुसंग लाईन मिलाएर खाएको आरोपमा शसस्त्र प्रहरीका एक दर्जन गणपति र गुल्मपतिहरु माथी मुखयालयद्धारा छानवीन शुरु

राशनमा घोटला देखि तस्करहरुसंग लाईन मिलाएर खाएको आरोपमा शसस्त्र प्रहरीका एक दर्जन गणपति र गुल्मपतिहरु माथी मुखयालयद्धारा छानवीन शुरु

images

इच्छाकामना न्युज

८, आश्विन २०७८
राशनमा घोटला देखि तस्करहरुसंग लाईन मिलाएर खाएको आरोपमा शसस्त्र प्रहरीका एक दर्जन गणपति र गुल्मपतिहरु माथी मुखयालयद्धारा छानवीन शुरु
images

सर्लाही, ८ असोज । सशस्त्र प्रहरीबलका गणपति तथा गुल्मपतिहरुले राशनमा अनियमितता गरेका पाइएको छ । सशस्त्र प्रहरी माथि सीमा क्षेत्रमा आक्रमणका घट्ना बढी रहेको समयमा तालुक निकायबाट आफुहरुको राशनमा अनियमिता भएको भन्दे तल्लो दर्जाका सुरक्षाकर्मीहरु निराश भएका छन् । 

राशनमा अनियमितता र सीमा क्षेत्रमा बद्मासी बढ्दै गएपछि एक दर्जन गणपति र गुल्मपतिहरुमाथि छानवीन शुरु भएको छ । एक दर्जन भन्दा बढी सशस्त्र प्रहरी बलका गणपति र गुल्मपतिहरुमाथि मुख्यालयले छानबिन शुरु गरेको हो । प्रदेश २ अन्तर्गत सर्लाहीमा रहेको सशस्त्र प्रहरी बल हे।क्वा।नं १० गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक गंगाराम श्रेष्ठ , सशस्त्र प्रहरी बल हे।क्वा।नं ६ सप्तरीका गणपति सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ तथा सशस्त्र प्रहरी बल हे.क्वा.नं ७ सिरहाका गणपति सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र गिरी माथी छानबिन शुरु भएको मुख्यालयले जनाएको छ ।

कञ्चनपुर लगायतका देशका विभिन्न भागमा सीमा सुरक्षामा खटिएका प्रहरी जवानहरुमाथि भारतीय तस्करहरुले आक्रमण गरेको घट्ना सेलाउन नपाउदै मुख्यालयले  गणपति तथा गुल्मपतिहरुमाथि छानवीन शुरु गरेको हो । 

बिगतदेखि नै ति जिल्लामा तस्करी बढेको र त्यसलाइ २ नम्बर बाहिनिका बाहिनी पति ९डीआईजी०चन्द्र प्रकाश गौतमको समेत संरक्षण रहेको मुख्यालयको बुझाइ छ । दैनिक उपभोग्य सामानहरु पारीवारकि प्रययोजनका लागि ल्याउनेहरुका साथै माछा र आलु समात्ने तर ठुला तस्करीहरुलाई खुलम्खुल्ला छाडिदिने गरेको आरोप डीआईजी गौतम माथि रहेको छ ।

कमिसनको कुरा मिलेपछि ठूलो मात्रामा भारतबाट भन्सार छलेर भित्रने सामानहरुर ठूला तस्करहरु सिधैँ डिआईजी गौतमकोमा पुग्ने र सिमा क्षेत्रमा डिउटीमा खटिएका सिपाही,हबल्दारहरुले त्यस्ता सामानहरु नियन्त्रणमा लिएमा तस्करहरुले सिधैँ डिआईजीलाई फोन लगाउने समेत गरेका पाइएको छ ।
अहिले २ नम्बर प्रदेशबाट व्यापक मात्रामा तस्करी भइरहेको छ । यता पहाडका गुल्म बाट अधिक बिदा छोडेर राशनमा अनियमितता गर्ने माथि पनि सशस्त्र मुख्यालयले सुक्ष्म ढंगले निगरानी बढाएको जनाएकोे छ ।

विभिन्न आवरणमा निगरानी बढाइएको छ , यसमा बिशेष गरि भोजपुरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरिक्षक (डीएसपी) दिपक बराल , पांचथरका  सशस्त्र प्रहरी नायव उपरिक्षक (डीएसपी) किशोर श्रेष्ठ , दोलखाका सशस्त्र प्रहरी नायव उपरिक्षक (डीएसपी) बुद्धिनारायण महर्जन लगायत रहेका छन् । सशस्त्र प्रहरीमा गणपति र गुल्मपतिले मूख्यालयलाई छलेर अधिकतमा सिपाहीहरुलाई घर विदामा छाड्ने गरेका छन् । घर विदामा जाँदा राशन वापतको रकम गुल्मपति वा कमाण्डरलाई बुझाउने गरिन्छ । यस विषयमा सशस्त्र प्रहरी मूख्यालयको सञ्चार शाखाले अनभिज्ञता प्रकट गरेको छ ।

images
प्रकाशित मिति :आश्विन ८, २०७८ शुक्रवार - ०७:४०:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology