Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नारायणगढको लायन्सचोकमा खाजा घरभित्रै यौन धन्दा, तीन जना पक्राउ

नारायणगढको लायन्सचोकमा खाजा घरभित्रै यौन धन्दा, तीन जना पक्राउ

images

इच्छाकामना न्युज

६, आश्विन २०७८
नारायणगढको लायन्सचोकमा खाजा घरभित्रै यौन धन्दा, तीन जना पक्राउ
images

पूजा ढकाल, चितवन, ६ असोज । चितवनमा मानव बेचबिखन मुद्दामा संलग्न तीन व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटल सञ्चालक धादिङ थाक्रे गाउँपालिका–३ बस्ने ४२ वर्षीय भोजबहादुर तामाङ र उनकी श्रीमती ३४ वर्षीय बिपना तामाङ रहेका छन् ।

त्यस्तै होटलमा ग्राहक बनी गएका बारा जिल्लाको बारागढी गाउँपालिका–६ सिहसनी बस्ने २८ वर्षीय राजेश चौधरी गरी तीन जना पक्राउ परेका हुन् ।

भरतपुर महानगरपालिका–२ लायन्स चोक स्थित विकास खाजा घरमा महिलालाई राखी यौन धन्दामा संलग्न गराउने कार्य भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनले उक्त क्षेत्रमा अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा उक्त खाजा घरमा एक महिला होटेलको ग्राहक सिहसनी घर भएका २८ वर्षका राजेश चौधरीसँग यौनकार्यमा संलग्न गराएको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले फेला पारेको थियो ।

अनुसन्धानको क्रममा होटल सञ्चालक तामाङ दम्पतीले दुई महिलालाई लुगा धुने, खाना पकाउने, सरसफाइलगायतको काम दिन्छु भनी विभिन्न प्रलोभनमा पारी ग्राहकसँग यौनकार्यमा संलग्न गराउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । चितवन प्रहरीका अनुसार घटनामा संलग्न पीडित महिलाको भने सकुसल उद्धार गरिएको छ ।

उनीहरुलाई असोज ३ गते जिल्ला पहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । त्यस्तै हाल चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ६, २०७८ बुधवार - १९:५०:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology