Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखाको गंगटेघाटबाट ४७ थान सालको गोलिया काठ सहित ट्याक्टर प्रहरी नियन्त्रणमा

गोरखाको गंगटेघाटबाट ४७ थान सालको गोलिया काठ सहित ट्याक्टर प्रहरी नियन्त्रणमा

images

इच्छाकामना न्युज

६, आश्विन २०७८
गोरखाको गंगटेघाटबाट ४७ थान सालको गोलिया काठ सहित ट्याक्टर प्रहरी नियन्त्रणमा
images

गोरखा, ६ असोज । गोरखा नगरपालिका ३ गगटेघाटबाट प्रहरीले मंगलवार राती ४७ थान सालको गोलिया काठ सहितको ट्याक्टर नियन्त्रणमा लिएको छ । ड्युटीमा खटिएको प्रहरीलाई देखेपछि ग १ त ६८९५ नम्बरको ट्याक्टर छाडेर ६/७ जना ब्यक्ति भागेका थिए ।

अवैध रुपमा सालको काठ ओसार पोसार गर्दै गरेकाहरुको खोजी भईरहेको र काठ सहितका ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।

काठ काट्न प्रयोग भएको आरो, बन्चरो पनि नियन्त्रणमा लिइएको छ । बुधवार काठ सहितको ट्याक्टरलाई आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ६, २०७८ बुधवार - १९:४५:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology