Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विप्लव नेतृत्वको नेकपाको महाधिवेशन फागुनमा हुने

विप्लव नेतृत्वको नेकपाको महाधिवेशन फागुनमा हुने

एमसीसी सम्झौता ‘राष्ट्रघाती’ भन्दै त्यसलाई पास हुन नदिन राष्ट्रवादी शक्तिसँग मोर्चाबन्दी गर्ने बन्दीपुर बैठकको निर्णय

images

इच्छाकामना न्युज

६, आश्विन २०७८
विप्लव नेतृत्वको नेकपाको महाधिवेशन फागुनमा हुने
images

बन्दिपुर, ६ असोज । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा केन्द्रीय समितिको बैठकले एमसीसी सम्झौता ‘राष्ट्रघाती’ भन्दै त्यसलाई पास हुन नदिन राष्ट्रवादी शक्तिसँग मोर्चाबन्दी गर्ने निर्णय गरेको छ ।

तनहुँको बन्दीपुरमा सम्पन्न बैठकले यसका लागि मोर्चाबन्दीसँगै कार्यगत एकता समेत गर्ने निर्णय निकालेको छ ।

गत शुक्रबारबाट शुरु भएर मंगलबार राती अबेर सम्पन्न बैठकले पार्टीको नवौं महाधिवेशन फागुनमा गर्ने निर्णय समेत गरेको पार्टीका केन्द्रीय सदस्य पूर्णजीत पुन ‘उभार’ले जानकारी दिए ।

यसपूर्व कार्तिकसम्म जनवर्गीय संगठनको राष्ट्रिय सम्मेलन गर्नेसमेत बैठकले निर्णय गरेको छ । बैठकले जनयुद्धका बाँकी रहेका आधारभूत कामको व्यवस्थापन गर्नेसमेत निर्णय गरेको छ ।
वैज्ञानिक समाजवादसम्म पुग्नका लागि आवश्यक काम गर्ने पनि बैठकले निर्णय गरेको छ ।

images
प्रकाशित मिति :आश्विन ६, २०७८ बुधवार - १९:४३:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology