Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनका वातावरण पत्रकार कोमलचन्द्र भगतलाई 'पर्यावरणमैत्री वर्ष पत्रकार पुरस्कार' प्रदान

चितवनका वातावरण पत्रकार कोमलचन्द्र भगतलाई 'पर्यावरणमैत्री वर्ष पत्रकार पुरस्कार' प्रदान

images

इच्छाकामना न्युज

५, आश्विन २०७८
चितवनका वातावरण पत्रकार कोमलचन्द्र भगतलाई 'पर्यावरणमैत्री वर्ष पत्रकार पुरस्कार' प्रदान
images

चितवन, ५ असोज । चितवनका वातावरण पत्रकार कोमलचन्द्र भगतलाई यस वर्षको ‘इन्भारोमेन्टल फ्रेन्डली जर्नालिस्ट अफ दी इयर अवार्ड’ (पर्यावरणमैत्री वर्ष पत्रकार पुरस्कार) प्रदान गरिएको छ । सिजन मिडियाले आफ्नो १३औँ स्थापना दिवस तथा सातौँ संविधान दिवस २०७८ को अवसरमा भगतलाई वर्षकै उत्कृष्ट वातावरण पत्रकार अवार्ड प्रदान गरेको हो ।

दुई दशक भन्दा बढी समयदेखि मोफसलमा रहेर वातावरण बिटमा पत्रकारिता गर्दै आएका पत्रकार सुडीको पेशागत योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । चितवनमा सञ्चालित आभास टेलिभिजन एचडीमा ‘पर्यावरण र विकास’ कार्यक्रम मार्फत पत्रकार भगतले संरक्षणका लागि पत्रकारिता भन्ने मूलमन्त्रलाई अवलम्बन गर्दै कार्यक्रम सञ्चालन गर्दै आएका छन् । संरक्षण र विकासका पाटोलाई प्राथमिकता दिई उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

कार्यक्रममा संरक्षणमूलक कार्यक्रम उत्पादन तथा प्रशारण गरी समुदायमा जनचेतना फैलाएकोमा आभास टेलिभिजन एचडीलाई पनि सम्मान गरिएको थियो । सो कार्यक्रमा पत्रकार भगत सहित नेपालका विभिन्न क्षेत्रका ३१ हस्तीहरुलाई अवार्ड तथा सम्मान गरिएको थियो । लाजिम्पाटस्थित होटल ¥याडिसनमा भव्य कार्यक्रमको आयोजनामा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हातबाट विभिन्न विधाका ३१ जनालाई अवार्ड तथा सम्मान वितरण गरिएको हो ।

यस वर्ष ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ अन्तर्गत बरिष्ठ स्त्री रोग तथा प्रस्तुति विशेषज्ञ डा भोला रिजाललाई सम्मान गरिएको सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए । ‘सामाजिक, सांस्कृतिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा दशकौंदेखि काम गरी सफल भएका व्यक्तित्वहरुलाई हौसला जगाउन अवार्ड कार्यक्रम आयोजना गरिएको हो,’ वन्तले भने, ‘एकातर्फ कोभिडका कारण कुनै गतिविधि नै भएका छैनन् र यसप्रकारको सम्मान कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने छ भन्ने विश्वास लिएका छौँ ।

images
प्रकाशित मिति :आश्विन ५, २०७८ मंगलवार - ०८:००:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology