मनाङ ३, असोज । गोरखाका ७ जनाको हत्या गर्ने अभियुक्तहरु कैदबाट छुटेका छन् । यार्सागुम्बा संकलन गर्न लागि विसं २०६६ असार २६ गते मनाङमा पुगेका गोरखाका ७ जनाको सामुहिक हत्या गर्ने नार्पाभूमि गाउँपालिका (साविक नार गाविस) का सोनाम लामा, छो सोनाम लामा, कर्मा वाङ्गेल लामा, नङ्गा धावा लामा र ङिमा छवाङ लामालाई बाँकी कैद मिनाहा गर्दै संविधान दिवसका दिन आईतबार कैदमुक्त गरिएको हो ।
संविधान दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा सामूहिक हत्यामा संलग्न भई जिल्ला कारागार मनाङमा कैद सजाय भोगी रहेको उनिहरुको चालचलन राम्रो भएको कारागारको सिफारिसमा कैद मुक्त गरिएको जेलर गणेश न्यौपानेले जानकारी दिनुभयो ।
उहाँले तोकिएको भन्दा आधा सजाय भुक्तान गरिसकेको कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस गरिएबमोजिम कैद मिनाहा भएको बताउनुभयो ।