Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

माओवादी केन्द्र छोडेर नयाँ शक्ति गएका चितवनका दुई नेता फेरि माओवादी केन्द्र मै फर्किए, प्रचण्डले गरे स्वागत

माओवादी केन्द्र छोडेर नयाँ शक्ति गएका चितवनका दुई नेता फेरि माओवादी केन्द्र मै फर्किए, प्रचण्डले गरे स्वागत

इच्छाकामनाका प्रल्हाद पोखरेल र प्रकाश पोखरेल पनि माओवादी केन्द्रमा फर्किएका छन्

images

इच्छाकामना न्युज

३, आश्विन २०७८
माओवादी केन्द्र छोडेर नयाँ शक्ति गएका चितवनका दुई नेता फेरि माओवादी केन्द्र मै फर्किए, प्रचण्डले गरे स्वागत
images

चितवन, ३ असोज । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र छाडेका चितवनमा दुई नेता फेरि ने.क. पा माओवादी केन्द्रमा नै फर्किएका छन् । चितवन रत्ननगर जयमंगलाका रमेश रेग्मी ‘अमर’ र इच्छाकामनाका बाबुराम पोखरेल आज संविधान दिवसको दिन पारेर फेरि माओवादी केन्द्रमा फर्किएका हुन् ।

डा बाबुराम भट्टराईले माओवादी छाडेर नयाँ शक्ति बनाएसँगै उनीहरुले माओवादी केन्द्र छाडेका थिए । दुवै नेतालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरेका हुन् । रेग्मी बिगतमा माओवादी केन्द्रको जिल्ला कार्यालय सदस्यको रुपमा काम गरेका थिए ।

यस्तै नयाँ शक्ति मै गएका इच्छाकामनाका प्रल्हाद पोखरेल र प्रकाश पोखरेल पनि माओवादी केन्द्र मै फकिएका छन्।

242218992_4849053691800864_4156188181736751259_n copy.jpg

त्यसैगरी मकवानपुर बाट पूर्वमाननीय प्रलाद लामिछानेलगायत केही नेताहरु ने.क.पा (माओवादी केन्द्र) मा समाहित भएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।

images
प्रकाशित मिति :आश्विन ३, २०७८ आइतवार - १८:५०:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology