Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

कांग्रेस इच्छाकामनाको सभापतिमा वर्तमान सभापति कृतिकुमार श्रेष्ठको पनि उम्मेद्वारी घोषणा, दुई पक्ष बीच भिडन्त हुने पक्का

कांग्रेस इच्छाकामनाको सभापतिमा वर्तमान सभापति कृतिकुमार श्रेष्ठको पनि उम्मेद्वारी घोषणा, दुई पक्ष बीच भिडन्त हुने पक्का

images

इच्छाकामना न्युज

१, आश्विन २०७८
कांग्रेस इच्छाकामनाको सभापतिमा वर्तमान सभापति कृतिकुमार श्रेष्ठको पनि उम्मेद्वारी घोषणा, दुई पक्ष बीच भिडन्त हुने पक्का
images

कुरिनटार,१ असोज । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत असोज ९ गते हुने स्थानीय तहको विभिन्न पदमा आकांक्षिहरुको उम्मेद्वारी घोषणा हुन थालेको छ।चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पनि अधिवेशनको सरगर्मी बढेको छ ।

नेपाली कांग्रेस इच्छाकामना सभापतिको लागि वर्तमान सभापति तथा इच्छाकामना गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले पनि आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको छ। शुक्रबार सामाजिक सञ्जाल मार्फत उहाँले नेपाली कांग्रेस इच्छाकामनाको सभापति पदको लागि उम्मेद्वारी घोषणा गर्नु भएको हो। नेपाली कांग्रेसको शिर उच्च राख्ने संकल्प सहित उम्मेवारी घोषणा गरेको उहाँले बताउनुभयो । आगामी दिनमा कांग्रेसलाई थप शक्तिशालाी र संगठनलाई सुदृढीकरण गर्ने बताउनुभयो ।

केही दिन अघि मात्र सभापति पदकै लागि नेपाली कांग्रेस इच्छाकामनाका पुर्व संयोजक बिष्णुकुमार कुवँरले पनि उम्मेद्वारी घोषणा गर्नु भएको थियो। कृतीकुमार श्रेष्ठको उम्मेद्बारी घोषणासंगै इच्छाकामनामा सभापतिका लागि दुई पक्षिय भिडन्त हुने अवस्था देखा परेको छ । सभापति पदका लागि उम्मेद्वारी घोषणा गरेका दुबै जना आफ्नो पक्षमा भए मात्र सहमति गर्ने अन्यथा प्रतष्पिर्धामै  जाने तयारीमा छन् ।

कांग्रेसको गाउँपालिका वा नगरपालिकाको अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अविधेशन १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १५ गते अधिवेशन गर्ने नयाँ कार्यतालिका आएको छ।

त्यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ गते अधिवेशन गर्नुेपर्ने, प्रदेश तहको अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ। महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुनेछ।

images
प्रकाशित मिति :आश्विन १, २०७८ शुक्रवार - २१:५९:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology