Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीको पुलजीपमा प्रदेश सरकारद्वारा स्वास्थ्य प्रवद्र्धन तथा निगरानी केन्द्र स्थापना

गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीको पुलजीपमा प्रदेश सरकारद्वारा स्वास्थ्य प्रवद्र्धन तथा निगरानी केन्द्र स्थापना

images

इच्छाकामना न्युज

१, आश्विन २०७८
गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीको पुलजीपमा प्रदेश सरकारद्वारा स्वास्थ्य प्रवद्र्धन तथा निगरानी केन्द्र स्थापना
images

आँबुखैरेनी, १ असोज ।  गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँ आँबुखैरेनीको पुलजीपमा गण्डकी प्रदेश सरकारले स्वास्थ्य प्रवद्र्धन तथा निगरानी केन्द्रको स्थापना गरेको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गण्डकी प्रदशले केन्द्रको स्थापना गरेको हो। 

निगरानी केन्द्रमा मुग्लिङ पुल हँदै गण्डकी प्रदेश प्रवेश गर्ने हरेक सवारी साधनको नम्बर दर्ता गरिने र स्वास्थ्यको मापदण्ड पालना गरे नगरेको परीक्षण गरिने आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए। “सबै यात्रुहरुलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न लगाइनेछ, केही समस्या भए तत्कालै समाधान पनि गरिनेछ,” उनले भने, “यसका साथै स्वास्थ्य सम्बन्धी सचेतना प्रदान पनि गरिनेछ ।”

निगरानी केन्द्रमा हेल्थ असिस्टेन्टको नेतृत्वमा तीन जना स्वास्थ्यकर्मी खटाइएको छ । “निगरानी केन्द्रबाट कोरोनाको मात्र नभई हाल फैलिएको निपा भाइरस, सेतो पुतलीको प्रकोप लगायतका बारेमा यात्रुहरुलाई जानकारी दिन्छौ,” उपाध्यायले भने ।

आँबुखैरेनी गाउँपालिका र मन्त्रालयको सहकार्यमा स्थापना गरिएको निगरानी केन्द्रको शुक्रबार शुभारम्भ गर्दै कोरोनाको मात्र नभई हाल फैलिएको निपा भाइरस, सेतो पुतलीको प्रकोप लगायतका बारेमा यात्रुहरुलाई जानकारी दिन्छौ,” उपाध्यायले भने ।

निगरानी केन्द्रको शुक्रबार शुभारम्भ गर्दै प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधु अधिकारीले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकार गम्भीर रुपमा लागिरहेको बताइन् । गण्डकी प्रदेशका वासिन्दालाई कोरोना भाइरसबाट सुरक्षित राख्नका लागि निगरानी केन्द्र स्थापना गरिएको मन्त्री अधिकारीले जानकारी दिइन् । 

“निगरानी केन्द्र हेर्दाखेरी सानो लाग्छ, तर सारमा यसले महत्वपूर्ण काम गर्नेछ,” मन्त्री अधिकारीले भनिन्, “कोरोना भाइरस नियन्त्रण गर्दै यसबाट सुरक्षित रहनका निमित्त मुख्यतः छिमेकी देशबाट प्रवेश गर्दै गर्दा समुदायमा नफैलियोस् भन्नका लागि प्रवेश नाकामा निगरानी केन्द्र स्थापनाको निर्णय गरेका थियौ ।”

स्वास्थ्य क्षेत्र आफैमा संवेदनशील रहेको बताउँदै मन्त्री अधिकारीले सरकारले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको उल्लेख गरिन् । मन्त्री अधिकारीले निगरानी केन्द्रलाई दीर्घकालिन रुपमा सञ्चालन गर्नका लागि जग्गाको आवश्यकता पर्ने भएकाले जग्गा खोजीमा सहयोग गर्न आग्रह गरिन्।

मन्त्रालयका सचिव डा। विनोदविन्दु शर्माले हरेक व्यक्तिको स्वास्थ्यको निगरानी गर्न र सूचना प्रवाह गर्ने उद्देश्यले निगरानी केन्द्र स्थापना गरिएको बताए । सरकारले नवलपुरको दाउन्ने र स्याङ्जाको राम्दीमा पनि निगरानी केन्द्र स्थापना गर्ने उनले जानकारी दिए । तनहुँ जिल्लाले कोभिड नियन्त्रणका लागि विशेष भूमिका निर्वाह गरेको सचिव शर्माको भनाई थियो ।

कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, चितवनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता गुरुङ, गोरखाका पालुङटार नगरपालिका प्रमुख दिपक कंडेल लगायतले स्वास्थ्य मापदण्ड पालना नै कोरोनाबाट बच्ने प्रमुख उपाय रहेको बताए।

images
प्रकाशित मिति :आश्विन १, २०७८ शुक्रवार - २१:४८:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology