Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आजदेखि सरकार बजेटबिहिन अवस्थामा, खर्चलाई लिएर कर्मचारी अन्यौलमा 

आजदेखि सरकार बजेटबिहिन अवस्थामा, खर्चलाई लिएर कर्मचारी अन्यौलमा 

images

सिआईएन

३१, भाद्र २०७८
आजदेखि सरकार बजेटबिहिन अवस्थामा, खर्चलाई लिएर कर्मचारी अन्यौलमा 
images

सजना तिमल्सिना, काठमाडौँ, ३१ भदौ । प्रतिनिधिसभाले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक टुङ्गो लगाउन नसकेपछि इतिहासमै पहिलो पटक सरकारी खर्च गर्ने बाटो बन्द भएको छ । सरकारले उद्योगी, व्यवसायी तथा आम नागरिकबाट कर संकलन गर्नेछ तर त्यो रकम आजबाट विकास निर्माण वा आम नागरिकको हितमा खर्च गर्न पाउने छैन ।

खर्च गर्न नपाउने भएपछि सोलुुखुम्बुको सोताङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जी तनावमा हुनुहुन्छ । दशैं नजिकिएकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न नपाउँदा स्थानीयले गर्ने प्रश्नको जवाफ दिनुपर्ने उहाँको भनाइ छ ।

बाजुराको त्रिवेणी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चिरन्जीवी प्रसाद शाहलाई सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा सेवाग्रहीले भ्रष्टाचारीको आरोप लगाउलान् भन्ने डर लागेको छ ।

कर्मचारी चिन्तामा भइरहेका बेला गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल भने यो समस्या छिट्टै समाधान हुनेमा आशावादी हुनुहन्छ । संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गत जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट हिजोसम्म संसद्बाट अनुमोदन गरिसक्नुपथ्र्यो । दलहरुबीच सहमती नहुदा प्रतिनिधिसभाबाट प्रतिस्थापन विधेयक पारित नभएपछि सरकार खर्चविहिन भएको हो ।

आउँदो मंगलबार बस्ने संसदले बजेट पारित गर्ने तालिका भएपनि त्यसपछि राष्ट्रिय सभाबाट विधेयक पारित हुन थप केही दिन लाग्नेछ । यसले एक हप्ता भन्दा बढि समयका लागि नेपाल बजेटबिहिन अर्थात बजेट होलिडे मा रहने छ  ।

यस्तो अवस्थामा सरकारलाई खर्च चलाउन निकै कष्ट हुने अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बताउनुहुन्छ । २०७४ मङ्सिरमा तोकिएकै मितिमा बजेट पास नहुँदा अमेरिकामा कैयौं सरकारी कार्यालय ३५ दिनसम्म बन्द भएका थिए । नेपालमा बजेट होलिडे हुँदा विकास निर्माण लगायत सबै सरकारी कामकाजमा समस्या हुने पूर्व अर्थसचिव सुमन शर्माको भनाइ छ ।

बजेट होलिडे हुँदा उच्च तहका अधिकारीको पारिश्रमिक तथा सुविधा रोकिँदैन । तर संघीय सरकारले आम नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ता लगायतका सेवा तथा सुविधाको खर्च भने रोकिनेछ । यस्तै विकास निर्माण लगायतका काममा पनि खर्च गर्न पाइने छैन ।

images
प्रकाशित मिति :भाद्र ३१, २०७८ बिहिवार - ०९:३३:०७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology