Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखामा कोदोखेतीमा रोगको प्रकोपले बाली सखाप पार्‍यो

गोरखामा कोदोखेतीमा रोगको प्रकोपले बाली सखाप पार्‍यो

images

पत्रपत्रिका

३१, भाद्र २०७८
गोरखामा कोदोखेतीमा रोगको प्रकोपले बाली सखाप पार्‍यो
images

गोरखा, ३१ भदौ ।  जिल्लाभर लगाइएको कोदोखेतीमा रोगको प्रकोप फैलिएको छ । ११ वटै पालिकामा लगाइएको कोदोखेतीमा रोगको प्रकोप फैलिएको किसानहरुले जनाएका छन् ।

‘धमाधम गाँज हाल्ने बेला बारीको कोदो सखाप भयो । कतै त कोदोबारीमा भेँडा चराइसके’, बारपाक सुलीकोट २ का किसान लालबहादुर गुरुङले भने, ‘यता धान खेती हुदैन । मुख्यबाली भनेकै कोदो र मकै हो । यो बर्ष कोदो त कत्तिपनि भित्रिँदैन । अब साँझ, बिहानको छाक टार्न पनि समस्या हुने भयो ।’ कोदोबाली नष्ट गरेर तत्काल अरु खेती गर्न बिउ पाउन पाए पनि राहत पुग्ने उनले बताए ।

बारपाक सुलीकोटको प्राय सबै वडाका किसानहरुबाट कोदोमा रोग लागेको बारे गुनासो आएको कृषि शाखाका कर्मचारी प्रेमप्रकाश आरसीले जानकारी दिए । लगातारको झरीका कारण डढुवा र किरा लागेर समस्या भएको उनको भनाइ छ । बोट पहेँलिने, कुहिने समस्याले बाली नष्ट बनाएको उनले बताए ।

आरुघाट गाउँपालिकाको वडा नं. १, २, ३, ४, ५ का किसानले कोदो सखाप भयो भनेर गुनासो गरेका कृषि शाखाका प्रमुख सुजन दवाडीले जानकारी दिए । ‘मान्बु, थुमी, आप्रिक, आर्वाङको कोदोमा गवारोले सखाप पारेको छ’, उनले भने, ‘धेरै ठाउँमा त फेरि नपलाउने गरी बिग्रिएको छ । कृषि ज्ञानकेन्द्रमा सम्पर्क गर्दा विषादी प्रयोग गर भन्नुहुन्छ तर यहाँ मौरी पकेट क्षेत्र घोषणा गरिएको छ ।

विषादी प्रयोग गर्न मिल्दैन 
‘पाखैभरि कतै कोदोको बोट छैन, बारी नाङ्गै भइसक्यो’, अजीरकोट गाउँपालिकाकाका धनबहादुर गुरुङले भने, ‘यसबर्ष निम्नबर्गका किसानहरु के खान्छन् । चिन्ता भएको छ ।’ पालिकाका सबै वडामा लगाइएको कोदोमा रोगको प्रकोप देखिएको पालिकाका कृषि शाखाले जनाएको छ । रोगले पालिकाभरको कोदो नष्ट हुने अबस्थामा पुगेको समीर पोखरेलले बताए । साथै अदुवा र हलेदोमा पनि रोग लागेको उनले बताए । पालिकाभित्र रासयनिक मल र विषादीको प्रयोग गर्न निषेध गरिएकाले बालीमा उपचार गर्न कठिनाइ भएको उनले बताए ।

त्यस्तै सिरानचोक गाउँपालिकाको वडा नं. १, २, ६ र ८ का किसानले कोदोमा रोग लागेको गुनासो गरेका कृषि शाखाका प्रमुख शारदा थापाले जानकारी दिइन् । एउटै बारीमा सँधै एउटै बाली लगाएको र माटोमा जथाभावी मल, विषादीको प्रयोग गरेकाले यस्तो समस्या आएको हुनसक्ने उनले अनुमान गरिन् ।

भीमसेनथापा गाउँपालिकाको सबै वडाको कोदोमा रोग लागेको त्यहाँका कृषि शाखा प्रमुख प्रवीण लामिछानेले बताए । सेतो टाटे रोगले कोदोबालीमा क्षति पु¥याएको उनले बताए । रोगको बारेमा कृषि ज्ञानकेन्द्रमा नमूना परीक्षण गर्न पठाएको उनले बताए ।

कोदोमा रोग फैलिएको जिल्लाभरबाट गुनासो आएको कृषि ज्ञानकेन्द्रका प्रमुख परशुराम अधिकारीले बताए । ‘जताततैबाट गुनासो आउन थालेपछि बारपाक सुलीकोट, सिरानचोक, अजीरकोट गाउँपालिकामा बाली संरक्षण अधिकृतको टोली गएर हेर्नुभयो’, उनले भने, ‘आरुघाटको अल्लि फरक खालको समस्या देखिएको छ । त्यसको बारेमा पनि अध्ययन गरिनेछ ।’ ढुसीका कारण रोग फैलिएको हुनसक्ने उनले अनुमान गरे ।

कोदोमा समस्या आएपछि त्यसलाई बिस्थापन गरेर अन्य बाली लगाउनु उपयुक्त हुने कृषिज्ञानकेन्द्रको सुझाव छ । दरौदी दैनिकबाट

images
प्रकाशित मिति :भाद्र ३१, २०७८ बिहिवार - ०९:१९:२१ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology