Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मल चाहिने मौसममै चितवनमा युरिया मलको हाहाकार, किसान मर्कामा

मल चाहिने मौसममै चितवनमा युरिया मलको हाहाकार, किसान मर्कामा

images

इच्छाकामना न्युज

३०, भाद्र २०७८
मल चाहिने मौसममै चितवनमा युरिया मलको हाहाकार, किसान मर्कामा
images

मधुसूदन दवाडी, चितवन, ३० भदौं । चितवनमा अनुदानित युरिया मलको अभावले किसान प्रभावित भएका छन् । धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा युरिया मल नपाउँदा किसान मारमा परेका हुन् ।

चितवनमा तोरी र गहुँका लागि पनि रासायनिक मल अभाव हुने देखिएको छ । धान रोपाइँका बेला मल नपाएका किसानले हिउँदे तरकारीलगायत तोरी र गहुँका बेला समेत मल अभाव झेल्नुपर्ने देखिन्छ ।

चितवनमा मल बिक्री गर्ने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ दुवैका गोदाम रित्ता छन् । तत्काल मल आउने सम्भावना पनि छैन । साल्ट ट्रेडिङ लिमिटेड चितवनका प्रमुख बुद्धिविनोद दाहालले भदौं २० गतेतिरबाट युरिया मलको स्टक सकिएको जानकारी दिए । उनले भने, ‘ चितवनमा मल अभाव भएकै हो । मल कहिले आउँछ यसै भन्न सकिने अवस्था छैन । मल चाहियो भनेर किसानको फोन आइरहन्छ तर हामीसँग अलीअली पोटास मल बाहेक अन्य मल छैन ।’

विशेष परिस्थितिको कारणले मल नआएको मनिएको छ यसबारे आफूहरुलाई थाहा नहुने उनले बताए । चितवनमा युरिया मलको माग मात्र झण्डै १७ हजार मेट्रिक टन रहेको छ तर त्यो परिणाममा कहिल्यै पनि मल आपूर्ति हुन सकेको छैन ।

कृषि सामग्री कम्पनी लिमिटेड भरतपुरका प्रमुख राजन बगालेले १७ हजार मेट्रिक टन युरिया मल चितवनमा माग भए पनि जम्मा पाँच हजार मेट्रिक टन जतिमात्र वितरण हुँदै आएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ अहिले मलको स्टक सकिएको छ । अझै आउनलाई २०–२५ दिन कुर्नुपर्छ । लभगभग धानबालीलाई चाहीँ मल पुगिसकेको जस्तो लाग्छ । किसानले धेरै खरिद गरेर स्टक राख्ने कारणले पनि समस्या आएको हुनसक्छ ।’

धान पसाउने बेला पनि रासायनिक मल आवश्यक पर्छ । फूल लाग्ने बेला युरिया र सिँचाइ चाहिन्छ । नत्र २५ प्रतिशतसम्म उत्पादनमा ह्रास आउने कृषि प्राविधिक बताउँछन्  । अहिले धान पसाउने र फूल लाग्ने समय हो ।

खैरहनी नगरपालिका–१२ सिसानीका किसान तेजप्रसाद बर्ताेलाले चितवनमा किसानले कहिल्यै पर्याप्त मल नपाएको नारायणी अनलाइनलाई बताए । उनले कृषि सामग्री लिमिटेडको पहलमा केहीदिन अघि वीरगञ्जबाट ल्याएको मल पनि कुहिएको परेको गुनासो गरे । उनले भने, ‘ अहिले धानमा मल हाल्ने बेला हो । अब एक महिनापछि तोरी, राजमा, मुसुरो सबैलाई मल चाहिन्छ तर चितवनमा कहिल्यै खोजेजति मल पाइएन ।’

त्यसैगरी भरतपुर महानगरपालिका–६ पारसनगरका किसान शिवपुजन राहुतले पनि कृषि सहकारीमा पटकपटक धाउँदा पनि मल पाउन नसकेको बताए । उनले भने, ‘३१ बिघामा व्यवसायिक कृषि कर्म गरेका छौं । जसमध्ये आठ बिघामा धान लगाएका छौं । धानसहित सबै तरकारी र फलफूलहरुलाई युरिया मल चाहिन्छ तर हामीले पाएका छैनौं ।’ उनले यस वर्ष मलको अभावले बाली सप्रिन नसकेको दुःखेसो गरे । कृषि कर्ममा युवाहरुको विकर्षण बढिरहेको समयमा आवश्यक पर्दा किसानका लागि अतिआवश्यक सामग्री मल नपाउनुले किसानहरु झनै समस्यामा पर्ने गरेका छन् ।

images
प्रकाशित मिति :भाद्र ३०, २०७८ बुधवार - १९:३०:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology