Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तनहुँको दमौलीमा दशैदेखि एपेक्स मल र सिनेमा हल संचालनमा आउने

तनहुँको दमौलीमा दशैदेखि एपेक्स मल र सिनेमा हल संचालनमा आउने

images

इच्छाकामना न्युज

३०, भाद्र २०७८
तनहुँको दमौलीमा दशैदेखि एपेक्स मल र सिनेमा हल संचालनमा आउने
images

तनहुँ, ३० भदौ ।तनहुँको दमौलीमा सुविधासम्पन्न मल निर्माण सम्पन्न भएको छ । एपेक्स मल्टिप्लेक्स प्रालिले जिल्लाको व्यास नगरपालिका-२ स्थित सफासडकमा एपेक्स मल निर्माण गरेको हो । आगामी दशैदेखि मल र सिनेमा हल सञ्चालनमा ल्याउने तयारी गरिएको प्रालिका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले जानकारी दिए ।

कोरोना कहरका कारण केही समय अगाडी नै सञ्चालनमा ल्याउने तयारी गरिएको मल संचालन हुन सकेको थिएन । रु ४५ करोडको लगानीमा अत्याधुनिक सेवा सुविधा सहित एउटै छानामुनी किनमेल, मनोरञ्जन, खानपिनको सुविधा र डिजिटल प्रविधियुक्त सिनेमा हल सञ्चालनका लागि मल निर्माण गरिएको श्रेष्ठले जानकारी दिए ।

APex-Mall-dml.jpg

काठमाडौ र पोखराको सेवा सुविधा दमौलीमै दिनको लागी मल संचालन गर्न लागिएको प्रालिले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । अबदेखि सुविधा सम्पन्न हलमा फिल्म हेर्न दमौली बाहिर जानु नपर्ने प्रालिले जनाएको छ ।

मलमा दुई वटा सिनेमा हल समेत निर्माण गरिएको छ । जसअन्तर्गत दुई सय ३८ र एक सय २० सिट क्षमताका छुट्टाछुट्टै हल तयार गरिएको छ ।तेस्रो तलामा सेवा मुलक संघ संस्थालाई प्राथमिकता दिने समेत प्रालिले जनाएको छ ।

एयर कन्डिसनयुक्त, सिसिटिभीको निगरानीमा २४ सै घण्टा सुरक्षागार्डको उपस्थितिमा साताभरि नै मल सञ्चालन गरिने प्रालिका व्यापार प्रमुख सुशील न्यौपानेले जानकारी दिए । कुल ४५ पसल क्षमताको मलमा हाल बुकिङ खुल्ला गरिएको छ । त्यसमध्ये १५ प्रतिशत बुकिङ भइसकेको छ ।

मलको तल्लो तल्लामा ११ वटा पसल रहेको छ । जहाँ स्वदेशी तथा विदेशी ब्राण्डका सामग्री विक्रीवितरणको व्यवस्था मिलाइनेछ ।

पसल बुकिङ गर्नेहरुका लागि पहिलो २ महिनासम्म पसल सजाउने तयारीका लागि पूर्ण भाडा छुट, तेस्रो महिनादेखि छैठौ महिनासम्म ४० प्रतिशत, सातौदेखि १२ औ महिनासम्म ३० प्रतिशत, १३ औं देखि १८ औ महिनासम्म २० प्रतिशत भाडा छुट र तीन वर्षसम्म एक रुपैयाँ पनि भाडावृद्धि नगरिने प्रालिले जनाएको छ ।

स्थानीय २०-२५ जनालाई रोजगारी समेत दिने प्रालिले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ३०, २०७८ बुधवार - १९:२५:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology