Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखा अजिरकोट १ धनसिराका पहिरो पिडित पाँच घर परिवारलाई प्रति परिवार ३० हजार नगद प्रदान

गोरखा अजिरकोट १ धनसिराका पहिरो पिडित पाँच घर परिवारलाई प्रति परिवार ३० हजार नगद प्रदान

images

इच्छाकामना न्युज

३०, भाद्र २०७८
गोरखा अजिरकोट १ धनसिराका पहिरो पिडित पाँच घर परिवारलाई प्रति परिवार ३० हजार नगद प्रदान
images

गोरखा, ३० भदौ । गोरखाको अजिरकोट गाउँपालिकामा वडा नम्बर १ धनसिराका पहिरो पिडितलाई ३०/३० हजार नगद सहयोग प्रदान गरिएको छ । बुधवार गाउँपालिकामा आयोजित एक कार्यक्रमका बिच मुटु फाउण्डेसन नेपाल र मनोज एसोशिसयसन फ्रान्सले उपलब्ध गराएको रकम पिडित परिवारलाई प्रदान गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज आचार्यको उपस्थितीमा नगद सहयोग प्रदान गरिएको मुटु फाउण्डेसन नेपालका अध्यक्ष धनबहादुर गुरुङले बताए ।

रकम पाउनेहरुमा फुलमाया गुरुङ, सनमाया गुरुङ, शुकबहादुर गुरुङ, रामबहादुर गुरुङ, बिजयमाया गुरुङसेनी रहेका छन् । मुटु फाउण्डेशन र मनोज एसोशियसनले गोरखाको बिभिन्न ठाउँमा स्वास्थ्य शिविर लगायत सामाजिक काममा निरन्तर सहयोग गर्दै आएको छ ।

images
प्रकाशित मिति :भाद्र ३०, २०७८ बुधवार - १९:२०:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology