Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

लमजुङमा आमाको गर्भमै शिशुको मृत्युहुने दर घट्न सकेन

लमजुङमा आमाको गर्भमै शिशुको मृत्युहुने दर घट्न सकेन

images

इच्छाकामना न्युज

३०, भाद्र २०७८
लमजुङमा आमाको गर्भमै शिशुको मृत्युहुने दर घट्न सकेन
images

लमजुङ, ३० भदौ । आमाको गर्भमै शिशुको मृत्यु हुने दर यहाँ अझै कमी आउन सकेको छैन । गर्भवतीले आफ्नो स्वास्थ्यको राम्रोसँग हेरचाह नगर्ने, नियमित गर्भ जाँच नगर्ने, गर्भावस्थामा ठूलो भारी बोक्ने, पोषिलो खानेकुरा सेवन नगर्ने, जनचेतनाको कमी, पेटमा बच्चा नचल्दा पनि बेवास्ता गर्नेलगायतका कारणले जिल्लामा गर्भमै मृत्यु हुने शिशुको दरमा न्यूनीकरण हुन नसकेको हो ।

सदरमुकाम बेँसीसहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्म अर्थात् तीन वर्षको अवधिमा ३९ गर्भवतीको गर्भमै शिशुको मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यी आमाको गर्भमै मृत्यु हुने शिशुको सङ्ख्यामध्ये गत आव २०७७/७८ मा १२ को मृत्यु भएको छ । त्यस्तै आव २०७६/७७ मा गर्भमै १६ शिशुको मृत्यु भएको थियो भने आव २०७५/७६ मा ११ को मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ ।

यी आवमध्ये आव २०७६/७७ मा गर्भमै मृत्यु हुने शिशुको सङ्ख्या बढी भएको देखिन्छ । सरकारदेखि विभिन्न सम्बन्धित निकाय तथा स्वास्थ्यकर्मीले गर्भावस्थामा गर्न हुने/नहुनेलगायतका सन्देश प्रवाह गर्दै आएका छन् । यति मात्र नभई जिल्ला अस्पतालले समेत यससम्बन्धी गर्भवतीलाई परामर्श, सरसल्लाह दिँदै आएको छ । साथै विभिन्न माध्यमबाट पनि सचेत गर्ने काम गर्दै आए पनि गर्भमै शिशुको मृत्यु हुने सङ्ख्यामा कमी आउन नसकेको अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ ।

उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ, खानपानमा ध्यान दिनुपर्छ, स्याहारसुसारमा ध्यान दिनुपर्छ, साथै नियमित स्वास्थ्य जाँच गरेमा आमाको गर्भमै शिशुको मृत्यु हुँदैन, गर्भवती भएपछि सरकारले तोकेको नियमित जाँच गर्न चारपटक स्वास्थ्य संस्थामा आउनुपर्छ ।”

images
प्रकाशित मिति :भाद्र ३०, २०७८ बुधवार - ०९:१२:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology