गोरखा, २९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गोरखाको अध्यक्षमा सुदीप ढकाल निर्वाचित भएका छन् । यस अघि सचिव रहेका उनी चार जना प्रतिषप्रर्धीलाई हराउँदै बिजयी बनेका हुन् ।
मंगलवार गोरखा सदरमुकाम स्थित निर्माण ब्यवशायीको हलमा भएको अधिवेशनमा ८२ मत खसेको मध्ये बिजयी भएका ढकालले ६७ मत पाएका थिए । उनी सँग रामराज कोईराला, भगवानदास मल्ल, अम्बिका रुपाखेती, रामबाबु अर्याल पराजित भएका हुन्। जिल्लाको निर्वाचनमा एक सय ५७ मतदाता हुन् । ८२ बाहेकका अन्य भने उपस्थित भएनन् ।
मंगलवारको अधिवेशनले ३१ सदस्यिय जिल्ला कमिटि चयन गरेको अध्यक्ष सुदीप ढकालले बताए । निर्वाचित सदस्यबाट मनोनित गरेर जिल्ला कार्यसमितिलाई छिट्टै पूर्णता दिने उनले बताए ।
गोरखाका कांग्रेस र कम्यूनिष्टको बिकल्प राप्रपा बनाउने उनले बताए । ‘भष्ट्राचार, ब्यथितीको निराकरण र बिरोध गर्न अग्रणी भुमिका खेल्नेछु’ उनले भने । राप्रपालाई बलियो शक्तिको रुपमा बिकसीत गर्न संगठन बिकास र सुदृढिकरणमा आफ्नो ध्यान केन्द्रित हुने उनले बताए ।