Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अनलाईन कक्षाको चर्को शुल्क असुल्दै भरतपुरको नारायणी पोलिटेक्निक कलेज, विद्यार्थी आन्दोलित, तोडफोड र आगजनी

अनलाईन कक्षाको चर्को शुल्क असुल्दै भरतपुरको नारायणी पोलिटेक्निक कलेज, विद्यार्थी आन्दोलित, तोडफोड र आगजनी

images

इच्छाकामना न्युज

२७, भाद्र २०७८
अनलाईन कक्षाको चर्को शुल्क असुल्दै भरतपुरको नारायणी पोलिटेक्निक कलेज, विद्यार्थी आन्दोलित, तोडफोड र आगजनी
images

चितवन, २८ भदौं । चितवनको भरतपुरमा रहेको नेपाल पोलिटेक्निक कलेजले कोरोना महामारिको समयको पनि चर्को शुल्क असुलेको छ । अनलाइन कक्षाको नाममा कलेजले चर्को शुल्क असुलेपछि विद्यार्थीहरु आन्दोलित भएका छन । उनिहरुले आज (आइतबार) कलेज परिसर भित्र टायर बालेर प्रदर्शन गर्नुका साथै नाराबाजी गरेका छन । विद्यार्थीले चर्को शुल्क फिर्ता गर, शैक्षिक माफिया मुर्दाबाद लगायतका नारा लगाएका थिए ।

विद्यार्थीहरुले कलेज प्रशासनमा तालाबन्दी समेत गरिदिएका छन । कलेजले अनलाइन कक्षाको नाममा भौतिक उपस्थितिमा पढाइ हुँदा लिइने शुल्क असुलेको विद्यार्थीको आरोप छ । कलेजका एक विद्यार्थीले भने,‘कलेजको विभिन्न सेमेष्टरको अनलाइन पढाइ भएको थियो । कलेजले निःशुल्क जुम प्रयोग गरेर विद्यार्थीलाई ४० मिनेट मात्रै पढायो । त्यसमा पनि शिक्षक १० मिनेट अघि आउने र १० मिनेट छिटो जाने गथ्र्ये । अनलाइनको नाममा ठगी भयो । राम्रो संग पढाई भएन ।

कोरोनाको अवधिमा ल्याब र फिल्डको काम पनि नभएको विद्यार्थीले वताएका छन । तर कलेजले सबै शुल्क असुलेको छ । कलेजले १० प्रतिशत शुल्क मिनाहा गर्ने भनेपनि कार्यान्वयन नभएको विद्यार्थीको आरोप छ । विद्यार्थीले टिउसन शुल्क र अन्य शुल्क भन्दै ६०÷४० मा विभाजन गरेर टिउसन शुल्कको मात्र १० प्रतिशत छुट दिएको गुनासो गरेका छन । ‘पाँचौ सेमेष्टरमा १ लाख शुल्क बुझाउँदा ६ हजार मात्र छुट भयो, एक विद्यार्थीले भने’,हामीलाई अनलाइन पढाएको नामा लाखौ रुपैंया असुल्न पाइदैंन ।’ विद्यार्थीले कोरोनाको अवधिभरको २० प्रतिशतसम्म छुट दिनुपर्ने माग गरेका छन ।

npi-2-1024x575.jpg

‘गतबर्ष पनि आन्दोलन गरेपछि छुट दिने भनेको थियो । कलेजले केही विद्यार्थीलाई प्रभावित ग¥यो । तर छुट दिएन’,विद्यार्थीले भने । पोलिटेक्निक कलेजले प्राविधिक शिक्षाका नाममा लुट मच्चाएको विद्यार्थीको आरोप छ । कलेजले एजि अध्ययनरत प्रति विद्यार्थीबाट १० देखि ११ लाख र भेटेरिनरी अध्ययनरत विद्यार्थीबाट १४ देखि १५ लाख रुपैंया लिने गर्छ ।

कलेजका प्रशासनिक अधिकृत शिव सुवेदीले कलेजमा अराजक समूहले तोडफोड र आगजनी गरेको बताए । ‘कोभिडको समयको छुट दिन प¥यो भन्ने विद्यार्थीबाट आवाज आएको थियो । उनले भने’,विद्यार्थीको माग सम्बोधनका लागि शुक्रबार बोर्ड बैठक बसेर टिउसन शुल्कमा १० प्रतिशत छुट दिने निर्णय गरेका थियौं । विद्यार्थीलाई मान्य भएन, गेट बन्द गराए, तोडफोड गरे ।’

उनले चितवन प्रशासनले कलेज संचालनका लागि अनुमती नदिदैं विद्यार्थीलाई बोलाएर प्रयोगात्मक कक्षा संचालन गरेको दाबी गरे । तर चितवन प्रशानले असोज १ गतेदेखि मात्र शैक्षिकसंस्था भौतिक उपस्थितिमा संचालन गर्न निर्देशन दिएको छ । त्यसअघि कुनैपनि शैक्षिकसंस्था भौतिक उपस्थितिमा खोल्न पाइने निर्णय भएको थिएन । सुवेदीले प्रशासनले १५ जना भेला हुन पाउने निर्णय गरेदेखिनै प्रयोगात्मक कक्षाहरु संचालन गरेको जिकिर गरे । उनले अनलाईन कक्षा ५० मिनेट लिने गरेको र विद्यार्थी आफै लापरवाही गरेर सहभागी नहुने गरेको बताए । उनले अन्य शैक्षिक संस्थाहरुले पनि कोभिडको समयको शुल्क असुलेकाले आफुहरुले पनि त्यही गरेको वताए ।

images
प्रकाशित मिति :भाद्र २७, २०७८ आइतवार - २०:४६:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology