सिमलढाप, २६ भदौ । नेपाल कम्युनिष्ट पार्टी एमालेको युवा संगठन राष्ट्रिय युवा संघ इच्छकामनाले वडा नं. ७ मा वडा कमिटि गठन गरेको छ। युवा संघको इच्छाकामना ७ स्थित सिमलढापमा आज सम्पन्न वडा भेलाले ५१ सदस्यीय वडा कमिटि गठन गरेको हो।
भेलाले राष्ट्रिय युवा संघ इच्छाकामना गाउँपालिका वडा नं ७ को इन्चार्जमा आशिष मगर र अध्यक्षमा चुमनारायण श्रेष्ठलाई चयन गरेको छ। भेलाले युवा संघ वडाकमिटिको अन्य पदाधिकारीहरु मध्य सह–इन्चार्जमा भीमराज गुरुङ, सचिवमा सन्दिप थापा, कोषाध्यक्षमा राजकुमार चेपा लगायतलाई चयन गरेको हो।