गोरखा, २५ भदौ । आउँदो भदौ २८ गते जिल्ला अधिवेशनको तयारी गरिरहेको राप्रापा गोरखाले क्षेत्र नं. १, प्रदेश ख को अधिवेशन सम्पन्न गरेको छ । क्षेत्र नं. १ को प्रदेश ख को अधिवेशनले रामकुमार खड्काको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
त्यस्तै भीमसेन थापा गाउँपालिकाको पार्टी कमिटीमा अध्यक्ष मानबहादुर श्रेष्ठको नेतृत्व सर्वसम्मत चयन गरेको छ । त्यस्तै ढंगबहादुर रोकाको अध्यक्षतामा आरुघाट गाउँ पार्टी कमिटी चयन गरेको छ भने धार्चे गाउँपालिकामा वीरलाल गुरुङको नेतृत्वको कमिटी चयन गरेको छ ।
त्यस्तै चुमनुब्री गाउँपालिकामा दोर्जे लामाको अध्यक्षताको कमिटी सर्वसम्मत चयन गरेको छ ।