Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाको अधिवेशन यहि भदौ २८ गते हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाको अधिवेशन यहि भदौ २८ गते हुने

images

इच्छाकामना न्युज

२५, भाद्र २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाको अधिवेशन यहि भदौ २८ गते हुने
images

गोरखा, २५ भदौ । आउँदो कात्तिक २७ गतेदेखि ३० गतेसम्म महाधिवेशनको तयारी गरिरहेको राप्रपाले यही भदौको २८ गते गोरखा जिल्ला अधिवेशन गर्ने भएको छ । जिल्ला अधिवेशनअघि प्रतिनिधि सभाको निर्वाचत क्षेत्र स्तरीय समिति, प्रदेशसभाको निर्वाचन क्षेत्रस्तरीय समिति तथा पालिकास्तरका समितिको अधिवेशन धमाधम सम्पन्न गर्दैछ ।

राप्रपाले जिल्लाको क्षेत्र नं. २ को अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले उमानिधि पाण्डेको अध्यक्षतामा राप्रपा क्षेत्र नम्बर दुईको कार्यसमिति सर्वसम्मत चयन गरेको पार्टीका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य मोहन श्रेष्ठले जानकारी दिए ।

त्यस्तै प्रदेसभाको निर्वाचन क्षेत्र क मा सुशील पन्तको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । प्रदेशसभा २ को निर्वाचन क्षेत्र ख मा कुलबहादुर बस्नेतको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ ।

त्यस्तै क्षेत्र नं. २ को पालिकास्तरको अधिवेशन पनि सम्पन्न भएको छ । अधिवेशनले पालुङ्टार नगरपालिकामा राजन देवकोटाको अध्यक्षतामा, सिरानचोक गाउँपालिकामा शेरबहादुर लामाको अध्यक्षतामा, अजीरकोट गाउँपालिकामा फणिन्द्र अधिकारीको अध्यक्षतामा र बारपाक सुलीकोट गाउँपालिकामा ठाकुर ढकालको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको नेता श्रेष्ठले जानकारी दिए ।

क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन क्षेत्र क स्तरीय समितिको भदौ २५ गते, क्षेत्र नं. १ को र प्रदेशसभा ख स्तरीय समितिको अधिवेशन २६ गते, गोरखा नगरपालिकाको भदौ २७ गते र जिल्ला अधिवेशन भदौ २८ गते गर्न लागिएको नेता श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय महाधिवेशनका लागि आउँदो असोज ७ गतेभित्र महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यतालिका रहेको उनले बताए । जिल्ला अध्यक्ष, प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय समितिबाट दुई जना महाधिवेशन प्रतिनिधि स्वत चयन हुनेछन् ।

त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय समितिका अध्यक्षहरु चारजना, ११ वटै स्थानीय तहस्तरीय समितिका अध्यक्षहरु स्वतः महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

त्यस्तै समावेशीताको आधारमा प्रदेशसभा क्षेत्रस्तरबाट नौ जनाका दरले ३६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । असोज २० गतेभित्र महाधिवेशन प्रतिनिधि चयन भइसक्ने निर्वाचन कार्यतालिका रहेको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए ।

images
प्रकाशित मिति :भाद्र २५, २०७८ शुक्रवार - १९:११:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology