आँबुखैरेनी, २४ भदौ । तनहुँको आँबुखैरेनी बजारमा अर्को नयाँ मिनिमार्ट खुलेको छ। बढ्दो उपभोक्ताको मागलाई मध्यनजर गर्दै आँबुखैरेनीको पोखरारोडमा चिरायुदिप मिनिमार्ट संचालनमा आएको हो।

स्थानीय व्यवसायी उदीप श्रेष्ठले लगानी गरि मार्ट संचालनमा ल्याइएको हो। मार्टमा दैनिक उपभोग्य सामाग्री सहित खाद्यान्न, फ्रोइजन आईटम, बेकरी, डेरी लगायतका सामाग्रीहरु बिक्रीको लागि राखिएको मार्टका संचालक श्रेष्ठले बताए।

यस्तै मार्ट ओपनिङको उपलक्ष्यमा २ हजार मुल्य बराबरको सामाग्री खरिद गर्ने ग्राहकलाई १ किलो चिनी वा १ लिटरको कोक उपहार स्वरुप सित्तैमा दिईने पनि उनले बताए।
