Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कवि अनिल श्रेष्ठको छैटौँ कविता संग्रह ‘मध्यरातमा मुर्कट्टा’ सार्वजनिक  

कवि अनिल श्रेष्ठको छैटौँ कविता संग्रह ‘मध्यरातमा मुर्कट्टा’ सार्वजनिक  

इच्छाकामना न्युज

२४, भाद्र २०७८
कवि अनिल श्रेष्ठको छैटौँ कविता संग्रह ‘मध्यरातमा मुर्कट्टा’ सार्वजनिक  
images

आँबुखैरेनी, २४ भदौ । कवि अनिल श्रेष्ठको छैटौँ कविता संग्रह ‘मध्यरातमा मुर्कट्टा’ सार्वजनिक भएको छ। आज तनहुँको आँबुखैरेनीमा एक विशेष कार्यक्रमको आयोजना गरि कवि श्रेष्ठको नयाँ कविता कृति ‘मध्यरातमा मुर्कट्टा’ सार्वजनिक भएको हो। 

images
images

आँबुखैरेनी स्रष्टा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि प्रमोद प्रधान, विशेष अतिथिहरू गाउँपालिका अध्यक्ष गिरबहादुर थापा र साहित्यकार विजयराज आचार्य लगायतले कृति सार्वजनिक गरेका हुन्। सङ्ग्रहमा ३५ कविता छन्। 

कार्यक्रममा प्रमुख अतिथि प्रमोद प्रधानले नेपाली कविताका क्षेत्रका क्रान्तिचेतनालाई कलात्मक सौन्दर्यका साथ प्रस्तुत गर्ने कविको रूपमा अनिल श्रेष्ठको योगदान महत्वपूर्ण रहेको बताए। उनले भने ‘पछिल्लो समयमा धेरै प्रगतिवादी कविहरू पद, पैसा र पहुँचको सत्तासुखमा रमाएर चुप लागेको बेला अनिल श्रेष्ठ भने प्रतिपक्षको रूपमा अझै सशक्त भएर प्रस्तुत भएका छन्’

विशेष अतिथि आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले गाउँपालिकामा संस्थाबाट भइरहेका साहित्यिक सक्रियताको प्रशंसा गर्दै छिम्कालेकमा एक साहित्यिक कार्यक्रम गर्ने घोषणा गरे।

सो अवसरमा समालोचक तेजविलास अधिकारीले अनिल श्रेष्ठका कविताहरू आकारमा छोटा भए पनि त्यसले दिने विचार गम्भीर र अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गगरे। उहाँका कविताबारे जति पनि व्याख्या र विश्लेषण गर्न सकिने उनको भनाइ थियो । 

अर्का समीक्षक भीम रानाभाटले पनि अनिल श्रेष्ठका कविता विषय, भाव, शैली र कलाका दृष्टिकोणबाट अब्बल भएको धारणा राखे। कार्यक्रममा आयोजक संस्थाका सल्लाहकार एवं कवि सानुकाजी थापाले स्वागत मन्तव्य राखेका थिए भने कवि अर्जुनकुमार ढकालले कार्यक्रम सञ्चालन गरेका थिए। 

संस्थाका अध्यक्ष एवम् कृतिकार कवि अनिल श्रेष्ठले संस्थाको गतिविधिमाथि प्रकाश पार्दै आफ्नो एक कविता वाचन गरेका थिए। पुस्तक विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको हो।

images
प्रकाशित मिति :भाद्र २४, २०७८ बिहिवार - १५:१८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology